सुन तस्करीमा हुन्डी कारोबारी पनि संलग्न, को- को फँस्दैछन् हेर्नुहोस नाम सहित



 

सुन तस्करीको अनुसन्धान तथा सनम शाक्य हत्याको अनुसन्धानमा गठन भएको बिशेष अनुसन्धान टोलीले थप प्रहरी तथा व्यवसायीमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ। तर, प्रतिवेदन कार्यान्वायनमा आशंका व्यक्त गरिएको छ।

 

टोलीले गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो। सहसचिव ईश्वरराज पौडेल नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएको थियो। तर, प्रधानमन्त्री कार्यालयले प्रतिवेदन कार्यान्वायनका लागि चासो दिएको छैन। त्यसयता दुई वटा मन्त्रिपरिषद्को बैठक बसेपछि प्रतिवेदन कार्यान्वायनका लागि कुनै निर्णय भएको छैन।

 

टोलीले केन्द्रीय अनुसन्धान ब्यूरो वा अन्य कुनै प्रहरी निकायबाट प्रतिवेदनका आधारमा थप अनुसन्धान अघि बढाउन सकिने उल्लेख गरेके छ।

 

थप प्रहरी र व्यापारी अनुसन्धानको दायरामा

टोलीको म्याद गत असार मसान्तमा सकिएको थियो। प्रधानमन्त्रीको निर्देशनमा टोलीले अनुसन्धान पुरा नगरी प्रतिवेदन बुझाएको हो।

 

टोलीले ३ सय भन्दा धेरै व्यक्तिहरुमाथि अनुसन्धान गर्न सिफारिस गरेका छ। जसमध्ये करिब २ सय ९० जना चुडामणि उप्रेती ‘गोरे’को समूहबाट बरामद डायरीमा उल्लेख गरिएका नामहरु छन्। जसमा सुन र हुन्डी कारोबारको हिसाबकिताब छ। त्यसका आधारमा धेरै व्यक्तिहरु अनुसन्धानको दायरामा परेका हुन्।

 

त्यस्तै, पक्राउ परेका भारतीय व्यापारी विमल पोद्दारले थप केही व्यक्तिहरुको नाम खुलाएका छ्न। उनले हुन्डीको कारोबारमा आफूलाई पूर्व एआईजीहरु वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर बज्राचार्य तथा पूर्व एसपी जगतमान श्रेष्ठ लगायतले सहयोग गरेको बताएका छन्।

 

हुन्डी कारोबारमा व्यापारी दीपक मल्होत्रा समेत साझेदार भएको अनुसन्धान टोलीलाई दिएको बयानमा उल्लेख छ। मल्होत्रासँगको साझेदारीमा उनले डिल्लीबजारमा सिल्भर सिटी अपार्टमेन्ट निर्माण गरेका हुन्। त्यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ५० रोपनी जग्गा ३० वर्षलाई लिजमा लिएर साझेदारीमै उनीहरुले सपिङ मल तथा पार्किङ सञ्चालन गर्न लागेका छन्। मल्होत्रा प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यापारी भएकाले टोलीले सोधपुछका लागि बोलाएन।

 

टोली स्रोतका अनुसार देशका अन्य केही प्रभावशाली नेता तथा व्यापारीहरुसँग मिलेर आफु काम गर्दै आएको पोद्दारले बताएका छन्। तर, दबाबको भरमा टोलीले उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउन सकेन। ठूला व्यक्तिहरु तानिने सम्भावना भएपछि अनुसन्धान टुंग्याउन निर्देशन आएको थियो।

 

टोलीले शाक्य हत्या तथा सुन तस्करीमा संलग्न ९ प्रहरी अधिकारीसहित ७५ जनाविरुद्ध भने जिल्ला प्रहरी कार्यालय, मोरङमार्फत मुद्दा दायर गरिसकेको छ।

 

स्रोतका अनुसार केही बहालवाला प्रहरी अधिकारीहरुको समेत डायरीमा नाम भेटिएको छ। उनीहरुसँग बारम्बार टेलिफोनमा कुराकानी समेत हुने गरेको खुलेको थियो। तर, सहयोग गरेको र लेनदेन गरेको प्रमाण फेला पार्न नसक्दा उनीहरुमाथि मुद्दा दायर नभएको हो।

 

शाक्य हत्याको अनुसन्धानमा लापरबाही गरेको उजुरीका आधारमा विस्तृत अनुसन्धान गर्दा एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर ५ वर्षदेखि विमानस्थलबाट सुन तस्करी गर्दै आएको खुलेको हो। माघ ९ गते तस्करी भएको साढे ३३ किलो सुन हराएपछि शाक्यको हत्या भएको थियो।

 

टोलीले एउटा सुन तस्करको जालो तोड्न सफल भएको छ। तर, प्रतिवेदन कार्यान्वायन नभएमा फेरि पनि अरु समूह सुन तस्करीमा सक्रिय हुनसक्ने टोलीका एक सदस्य बताउँछन्।

 

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न