थाइल्यान्डमा के–के गर्दैछन् पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानी ?



हाम्रो इकोनोमि

 

छोरा तथा पूर्वयुवराज पारस शाहलाई काठमाडौंमै छाडेर परिवारका अन्य सदस्यसहित थाइल्यान्डको बैंकका पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दु धर्मका भारतीय गुरु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अति नजिक रहेका व्यापारीसँगको भेट र छलफल तिव्र पारेका छन् ।

 

गएको बुधबार बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा हिन्दु राज्य र हिन्दुत्वको रक्षाका लागि उपयुक्त वातावरण बनाइदिनका लागि भारतीय अधिकारीहरूलाई निरन्तर आग्रह गरेका छन् । त्यसबाहेक दरबारको अन्तर्राष्ट्रिय लगानीका विषयमा पनि कुराकानी भएको उच्च स्रोतले जनाएको छ ।

 

कान्छी नातिनी कृतिकाको उच्च शिक्षाका लागि कलेज भर्ना गराउन थाइल्यान्ड पुगेको बताइए पनि विदा मनाउँदै अन्तर्राष्ट्रियस्तरका ठूला लगानीकर्ता र व्यापारीसँग पूर्वराजासहित पूर्वयुवराज्ञी हिमानी शाहको पनि भेट भइरहेको छ ।

 

पूर्वरानी कोमलसहित सचिव सागर तिमल्सिना, अर्दली हस्तबहादुर मल्ल, सशस्त्र डिएसपी शिव राउत पनि थाइल्यान्ड पुगेका छन् । पुर्वयुवराज्ञी हिमानी भने छोरा हृदयेन्द्र र स्वकीय सचिव स्मिता सिंहसहित ज्ञानेन्द्रभन्दा तीन दिन अघि बैंकक पुगेकी थिइन् ।

 

‘नातिनीको अध्ययनका लागि कलेज हेर्नका लागि पुगेका पूर्वराजा बुहारी हिमानीसहित भारतदेखि विभिन्न देशका अर्बपतिहरूसँग निरन्तर छलफलमा छन्’, उच्च स्रोतले भन्यो,‘व्यापारीकसहित नेपालमा हिन्दुत्व जोगाउने विषयमा कुराकानी भएको छ ।’

 

उनले शनिबार मात्रै जर्मनीदेखि निजी विमानमा बैंकक पुगेका व्यापारी सिद्धार्थ अम्बानीसँग भेट गरेका छन् । दरबारसँग भएको रकमको लगानीमात्र होइन, भारतीय संस्थापनसँग सिधा र प्रभावकारी सम्बन्ध भएको अम्बानी ग्रुपमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यान खिच्नका लागि पनि पूर्वराजाले तयारी गरेका छन् । उनको हरेक भेटमा पत्नी कोमल र बुहारी हिमानी अनिवार्य उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस
सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...

पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...