जाजरकोट पहिरो अपडेट आठको शव भेटियो, उद्धार जारी



हाम्रो इकोनोमि

 

जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजार नजिक गएको पहिरोमा परी पुरिएका मध्ये आठ जनाको शव फेला परेको छ। प्रहरीले दिएको जानकारी अनुसार  मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, १० वर्षीय दर्शक परियार रहेका छन्।

 

यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरीको नज्मा बोहराको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ। अन्य दुई बालिका र एक महिलाको मृत्यु भएपनि उनीहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। स्थानिय ओमजङ शाहको घर मुनिबाट गएको पहिरोले पानी नाउला जाने बाटोको छेउमा रहेको पत्रकार बोहरा र गोपाल सुनारको घर पुरिएको  हो।

 

पहिरोमा पुरिएकाहरुको नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन्। वर्षा नरोकिएको र भुभाग अपठ्यरो  भएका कारण उद्दारमा समस्या परेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...