‘छक्का पञ्जा ३’ को गीत ट्रेन्डिङको पहिलो नम्वरमा



हाम्रो इकोनोमि

‘छक्का पञ्जा ३’ मा समावेश पहिलो नम्वरमा गीतको भिडियो नेपाल युट्युव ट्रेन्डिङको शिर्ष स्थानमा आइपुगेको छ ।

१८ लाख बढी भ्युज कमाउँदै यो मल्टीस्टारर नाचेको गीत ट्रेन्डिङको एक नम्वरमा आएको हो । 

गत साउन १४ गते, सोमबार २ : ३५ पहिलो नम्वरमा युट्युवमा अपलोड गरिएको थियो । छोटो समयमा धेरै भ्युज पाउन सफल ‘छक्का पञ्जा ३’ को यो गीत निकै नै प्रतिक्षामा थियो ।

दीपक शर्माको संगीत तथा राजेन्द्र थापाको शब्द रहेको पहिलो नम्वरमा डेभिड शंकर र बिन्दु परियारको स्वर छ ।

लोक लयको पहिलो नम्वरमा गीतमा दिपाश्री निरौला, केदार घिमिरे, दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, बर्षा राउत, बुद्धि तामाङ, स्वस्तिमा खड्का, संजोग कोइराला, दीपिका प्रसाईं र सुमन गिरी भान्जाले कम्मर मर्काएका छन् ।

कोरियोग्राफी कविराज गहतराजको छ । ‘छक्का पञ्जा ३’ दशैंमा लाग्दैछ ।गीत :

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...