३२ हजार कर्मचारी हटाउँदै सरकार, आन्दोलन गर्ने कर्मचारीको चेतावनी



हाम्रो इकोनोमि

 

सरकारले विभिन्न क्षेत्रका ३२ हजार भन्दा बढी कर्मचारीलाई हटाउने भएको छ । सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउन लागेको हो । कर्मचारी सरकार बिरुद्ध आन्दोलनको तयारीमा लेगेका छन ।

 

अहिले मन्त्रालय, विभाग र महाशाखा आधाभन्दा बढी कटौती भएपछि त्यसमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीले जागिर छोड्नुपर्ने अवस्था सिजर्ना भएको छ । सरकारले ६५ विभागबाट आधाभन्दा धेरै कर्मचारी कटौती गरेको छ ।

 

सरकारले सञ्चालन गर्ने आयोजनाहरू प्रदेश तथा स्थानीय सरकारमा रूपान्तरण हुँदा र मन्त्रालय, विभाग तथा महाशाखाहरू कटौती हुँदा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले जागिर छोड्नुपर्ने अवस्था आएको हो ।

 

मन्त्रालयका महाशाखाहरू समेत कटौती भएपछि कर्मचारीको संख्या घटाउनुपर्ने भएको हो । केन्द्र सरकारले सञ्चालन गर्दै आएका परियोजना प्रदेश तथा स्थानीय सरकारले सञ्चालन गर्ने भएपछि त्यस्ता आयोजनामा बजेट नै छुट्याइएको छैन । यता ती निकायहरुका कर्मचारीहरुले भने सरकारको निर्णयले आफूहरुलाई मार पारेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...