सडकमा सुरक्षा माग्दै गरेको आन्दोलनमा १०० बढी विद्यार्थी घाइते



 

बंगलादेशको राजधानी सहर ढाकामा सडक सुरक्षाको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि आक्रमण भएको छ। सो आक्रमणको क्रममा १०० भन्दा बढी विद्यार्थीहरु घाइते भएका छन्।

 

सातौं दिनको प्रदर्शनको क्रममा उनीहरुमाथि आक्रमण भएको हो। सातौं दिनको प्रदर्शनमा हजारौं विद्यार्थीहरुले सहभागिता जनाएका थिए। उनीहरुले सडकमा सवारीसाधनहरु रोक्दै सवारी चालक अनुमतिपत्रको परीक्षण गरेका थिए।

 

अहिलेसम्म उनीहरुको शान्तिपूर्ण आन्दोलनमा कसले आक्रमण गरेको हो भन्ने खुल्न नसकेपछि स्थानीय सञ्चारमाध्यमहरुले भने सरकारमा रहेको पार्टीको विद्यार्थी संगठनले आक्रमण गरेको आरोप लगाएका छन् ।

 

गएको आइतबार बंगलादेशमा भएको एक सडक दुर्घटनामा परी दुई विद्यार्थीहरुको ज्यान गएको थियो। अत्यधिक गतिमा रहेको बसले उनीहरुलाई ठक्कर दिएको थियो। यो आन्दोलनको जवाफमा सरकारले २४ घण्टासम्म मोबाइल इन्टरनेटमा रोक लगाएको छ।

 

विद्यार्थीहरुको मागमा सरकार लचिलो भएको भन्दै यातायात व्यवसायीहरुले पनि आन्दोलनका कार्यक्रमहरु अघि सारेका छन्। सातौं दिनको आन्दोलनको क्रममा प्रहरीले अश्रुग्याँस र रबरको गोली हानेको बताइएको छ तर यो विवरणको प्रहरीले भने खण्डन गरेको छ।

 

प्रत्यक्षदर्शी र डक्टरहरुका अनुसार घाइते हुनेहरुको संख्या १०० भन्दा बढी छ। जसमा केही मानिसहरु निकै गम्भीर अवस्थामा रहेको र केहीलाई रबरको गोली लागेको बताइएको छ। बंगलादेशमा सडक सुरक्षाको माग गर्दै १३ वर्षदेखिका विद्यार्थीहरु सडकमा उत्रिएका छन्।

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न