भक्तपुर फेरि डुबानमा, पानीको बहाव बढ्न थालेपछि सुरक्षाकर्मी परिचालन



हाम्रो इकोनोमि

 

गएरातिदेखि परेको अबिरल बर्षाका कारण भक्तपुर डुबानमा परेको छ ।

 

मध्यपुर थिमि नगरपालिका ९ को राधेराधे क्षेत्र डुबानमा परेको हो । गए रातिदेखिको वर्षाले हनुमन्ते र खस्याङ खुसुङ खोलामा पानीको बहाव बढेपछि राधेराधे क्षेत्र डुबानमा परेको हो ।

बाढीका कारण केही घर टहरामा आंशिक क्षति पुगेको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।

 

अविरल वर्षाले खोलामा पानीको बहाव बढ्न थालेपछि सुरक्षाकर्मी परिचालन भइसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

 

त्यस्तै सडकमा पानी जमेको छ । जसले गर्दा यात्रु तथा सावारी चालकलाई समस्या परेको छ ।

बाढीले हनुमानघाटस्थित परोपकार केन्द्र, आदर्शस्थित सिद्धि स्मृति बाल अस्पताल, राममन्दिर, शान्ति निकेतन मावि, सल्लाघारीस्थित डा. इवामुरा अस्पताललगायत क्षेत्र डुबानमा परेको छ ।

यसअघि गत असार २८ गते पनि भक्तपुर डुबानमा परेको थियो ।

 

यसैबीच, आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा वर्षा जारी रहने मौसमविदले बताएका छन् । आइतबार र सोमबार भारी वर्षा तथा मंगलबार मध्यमखालको वर्षा हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...