भक्तपुर फेरि डुबानमा, पानीको बहाव बढ्न थालेपछि सुरक्षाकर्मी परिचालन



हाम्रो इकोनोमि

 

गएरातिदेखि परेको अबिरल बर्षाका कारण भक्तपुर डुबानमा परेको छ ।

 

मध्यपुर थिमि नगरपालिका ९ को राधेराधे क्षेत्र डुबानमा परेको हो । गए रातिदेखिको वर्षाले हनुमन्ते र खस्याङ खुसुङ खोलामा पानीको बहाव बढेपछि राधेराधे क्षेत्र डुबानमा परेको हो ।

बाढीका कारण केही घर टहरामा आंशिक क्षति पुगेको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।

 

अविरल वर्षाले खोलामा पानीको बहाव बढ्न थालेपछि सुरक्षाकर्मी परिचालन भइसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

 

त्यस्तै सडकमा पानी जमेको छ । जसले गर्दा यात्रु तथा सावारी चालकलाई समस्या परेको छ ।

बाढीले हनुमानघाटस्थित परोपकार केन्द्र, आदर्शस्थित सिद्धि स्मृति बाल अस्पताल, राममन्दिर, शान्ति निकेतन मावि, सल्लाघारीस्थित डा. इवामुरा अस्पताललगायत क्षेत्र डुबानमा परेको छ ।

यसअघि गत असार २८ गते पनि भक्तपुर डुबानमा परेको थियो ।

 

यसैबीच, आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा वर्षा जारी रहने मौसमविदले बताएका छन् । आइतबार र सोमबार भारी वर्षा तथा मंगलबार मध्यमखालको वर्षा हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...