विवेकशील साझाको कार्यक्रममा कुटाकुट, स्थिति तनावग्रस्त भएपछि कार्यक्रम स्थगित



हाम्रो इकोनोमि

१९ साउन, काठमाडौं । विवेकशील साझा पार्टीको कार्यक्रममा भाँडभैलो मच्चिएको छ ।

 

विवेकशील साझाले शनिबार प्रदेश ३ का जिल्ला संयोजकहरु घोषणा कार्यक्रम राखेको थियो । पार्टी नेतृत्वले जिल्ला संयोजकहरुको घोषणा गरे लगतै युवाहरुको एउटा समूहले असन्तुष्टि जनायो ।

 

पार्टी नेतृत्वले असन्तुष्ट समूहका एक जनालाई बोल्न मञ्च दिए । पार्टी नेतृत्वले रातारात जिल्ला संयोजक तोकेको, गलत प्रवृत्तिका मानिसहरुलाई पार्टीमा प्रवेश गराएको आरोप लगाए ।

टीका लगाएर नभई लोकतान्त्रिक प्रकृयाबाट नेतृत्व छान्न पाउनु पर्ने उनीहरुको माग थियो । त्यसपछी विवेकशील साझाको कार्यक्रममा कुटाकुट भएको छ ।

 

लगतै प्रवक्ता सूर्यराज आचार्यले बोले । त्यसक्रममा उनले आफूहरु पदका लागि राजनीतिमा नआएको बताएपछि असन्तुष्टि समूहले होहाल्ला गर्दै विरोध जनाए ।

 

स्थिति तनावग्रस्त भएपछि संयोजक रविन्द्र मिश्रले कार्यक्रम स्थगित भएको घोषणा गरे । शुक्रबार मात्र असन्तुष्टि नेता कार्यकर्ताको कुरा चार घन्टा सुनेको र सम्बोधन गर्ने बताएको स्मरण गर्दै उनले भने, ‘यहाँ जे भएको छ, एकदमै दुःख लागेको छ ।

प्रतिक्रिया दिनुहोस
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...