अन्तरजातिय प्रेमविवाह नभित्रयाँउदै घर निकाला



 

 

धनुषा ढल्केवर । केही दिन यता लोकवहादुर भुजेलको गाईगोठमा दिनहुँ रमिता हुने गरेको छ । रमिता लाग्नुको कारण हो , लोकवाहादुरको माईला छोरा राजकुमार भुजेलले परियार युवतीलाई प्रेमविवाह गरेर ल्याएपछी दैनिकजसो हुने घरझगडा ।

गत असार ३१ गते एक वर्षको प्रेमील डेटिगंलाई टुग्याँउदै राजकुमारले महोतरी वर्दिवासकी १८ वर्षिया तारा परियारलाई सिन्दुरपोते गरेर भगाएका थिए । तर दुखको कुरा भागेर केही दिन आफन्तहरुकोमा शरण लिदै हिँँडेका यि जोडीलाई फकाएर घर बोलाईयो अनि घरमा प्रवेश समेत नगराई जगंलछेउमा रहेको गाईगोठमा राखियो ।
हो अहिले यही गाईगोठमा केटा र केटी पक्षका आफन्तहरुवीच हुने झगडाको रमिता हेर्न दिनहुँजसो गाउँलेहरु जम्मा हुन्छन् ।

 

केटा पक्ष यो प्रेमविवाह छुटाउने पक्षमा छन् भने केटी पक्षकाहरु कुनै हालतमा विवाह दर्ता गराउने पक्षमा । झगडाको रमिता हेर्न भेला भएकाहरु केही केटा पक्षकालाई उक्साईरहेका हुन्छन् भने केही केटी पक्षलाई ।
शनिवार विहान धनुषाको मिथीलानगरपालिका ७ स्थित ढल्केवर गाउँको सिरानमा रहेको जगंल छेउको लोकवहादुर भुजेलको गाईगोठमा हामी पुग्दा यस्तै दृष्य देखियो ।

 

मेरो छोरालाई यो दमीनीले फसाएकी हो , जवरजस्ति सिन्दूर हाल्न लगाएकी हो , राजकुमारकी आमा विष्णुमाया भुजेल गोठ अगाडी वडाअध्यक्ष युवराज उप्रेतीसगँ चर्किरहेकी थिईन् , यो विवाह दर्ता कुनै हालतमा हुँदैन , विवाह दर्ता भयो भने म यि दुवैलाई यो गोठवाट समेत निकाल्छु ।

 

यस्तैमा केटी पक्षका मेघवाहादुर सेञ्चुरी कड्कीए , तपाँईको छोरा केटाकेटी हो र फस्ने ? जवरजस्तिले पनि कसैले सिन्दूर हाल्छ ? कानुन अनुसार यो विवाह दर्ता हुनै पर्छ । दमिनी भनेर नहेप्नुस् । दमिनीलाई दमिनी, कमिनीलाई कमिनी , सर्किनीलाई सर्किनी नभनेर के भन्ने ?, केटाकी दिदी विमला भुजेलले सेञ्चुरीलाई तत्काल जवाफ फर्काईन् , यसले हाम्रो भाईलाई फसाएकै हो ।

 

यसरी चर्काचर्की चलिरहँदा हामीले प्रेमविवाह गरेका केटा र केटीलाई सगैँ राखेर सोध्यौँ , कुरा के हो ?
राजकुमारको जवाफ आयो, केटीले फाँसीमा झुण्डीन्छु भनेपछी मैले सिन्दूर हालेको साँचो हो ।
होईन होईन , वर्दिवास घर भएकी ताराले प्रतिवाद गरिन् , उसले मलाई एक बर्ष लभ गरेर सिन्दूर हालेर भगाउनु भको हो ,अहिले आमाको ललाइफकाईमा यस्तो भनिरहनु भएको छ । एक अर्काको वाद प्रतिवाद चर्किन थाल्यो । दुखको कुरा केटा पनि केटीलाई छोड्ने मनस्थितीमा पुगिसकेको रहेछ , सायद परिवारको दवाव हुनु पर्छ ।

 

यसरी बस्यो माया

 

केटा र केटीबीच चर्काचर्की र भनाभन मच्चिदै गर्दा हामीले प्रसगं अन्यत्र मोड्दै उनिहरुको मायाप्रेम तिर लग्यौँ । राजकुमारका अनुसार उनि एसईई सकेर प्लस टु पढ्न वर्दिवासस्थित श्री जनता उच्च माध्यामिक विद्यालयमा भर्ना भए , जुन उमाविमा तारा पनि कक्षा दशमा पढ्दै थिईन । उनिहरुको भेट त्यहीँ भएको थियो र विद्यार्थीले खेल्न लागेको तिहारको द्यौसीभैलोको रिहर्सलमा उनिहरु नजिकिएका थिए ।

 

रिहर्सल ताका उनिहरुको मौनप्रेम झागिंसकेको थियो ।
तिहारमा करिव चार दीन द्यौसीभैलो खेलेका उनिहरुको वोलीचाली भने मोवाईलको रिचार्जले गराईदिएको ताराले बताईन । दाई प्लिज मोवाईलमा रिचार्ज हालिदिनु न, राजकुमारलाई अनुरोध गर्दै ताराले भनेकी थिईन् । तारा भन्छिन्, हाम्रो पहिलो वोलचाल यहीँबाट सुरु भयो । राजकुमारले ताराको अनुरोध नस्विकार्ने कुरै भएन , पटक पटक रिचार्जको प्रयास गरे पनि नेटवर्कको समस्याले रिचार्ज हुन पाएन । अनि राजकुमारले भने , सरी वहिनी रिचार्ज भएन । यसरी उनिहरुको वोलीचाली सुरु भयो ।

 

द्यौसीभैलोको पैसाले विद्यार्थीहरुले पिक्निकको आयोजना गरे, जहाँ राजकुमार र तारा नहुने कुरै भएन । ताराको अनुरोधमा राजकुमारले त्यस दीन सुन्धारामा होनि नारायण वोलको गीतमा सर्गै नृत्य पनि गरे । यसरी उनिहरुनजिकिदै गए पछि एक दिन ताराले राजकुमारलाई मोवाइलमा म्यासेज पठाईन आईलभयू । राजकुमारको वानिव्यवहार मन परेकाले आफूले प्रेम प्रस्ताव राखेको ताराले वताईन् ।

 

राजकुमारको जवाफ एक महिना सम्म नपाएपछि ताराले एकदीन भेटेरै प्रेम प्रस्ताव राखिन् , तर पनि राजकुमारले जवाफ दिएनन् । त्यस पछि तारा रिसाएर फेरी एक महिना सम्म सम्पर्कवीहिन भएपछी राजकुमार आफैले तारालाई वर्दिवास वजारमा भेट्न वोलाए । त्यसपछि उनिहरुको प्रेमले मुर्त रुप पायो । त्यसपछि भेटघाट झागिंदै गयो उनिहरुको ।

 

कोरियन भाषाको परिक्षा दिन काठमाण्डौ गएका राजकुमार असार २६ गते फर्किए र तारालाई भेट्न वर्दिवास बोलाए । फर्कदा पशुपतिबाट ल्याएको सिन्दूरले नजिकैको भब्सिखोलाको जगंलमा लगेर ताराको सिउँदो रग्याँई दिए । २८ गते भाग्ने योजना बनाएपनि आर्थिक अभावले उनिहरु असार ३१ गते भागेर लहान आफन्तकोमा पुगेका थिए । राजकुमार भन्छन् , लाहानमा केही दिन बसेर हामी लालवन्दि मेरो फुपुकोमा गएका थियौँ, मेरो ममि हामीलाई खोज्दै फुपुकोमा आउनुभएको रहेछ , जे हुनु भै गो अव घर हिँड बसेर सरसल्लाहा गरौँला भने पछी घर आएका थियौँ ।

 

अनि चर्चा र विवादमा आयो यो प्रेम विवाह
घर आएका छोरावुहारीलाई गाईगोठमा राखेपछि यो घट्ना एक्कासी ढल्केवरभरी फैलियो । केटी पक्षका आफन्त वडाअध्यक्ष युवराज उप्रृतीले यसमा चासो राखे र केटीलाई अन्याय भएको भन्दै विवाह दर्ता गरेर न्याय दिलाउने वताए । विवाहदर्ता हुने डरले उनि छोरालाई फसाएको भन्दै ईलाका प्रहरी कार्यालय ढल्केवर पुगिन् । ईप्रकाका ईञ्चार्ज प्रहरी निरिक्षक सरोज राईका अनुसार यस घट्नाको बिषयमा दुई पटक भएको लामो छलफलले कुनै निष्कर्ष निकाल्न सकेन । तर हामी उनिहरुको विहे दर्ता गरिरिदने निष्कर्षमा पुगेका छौँ , प्रनि राईले बताए ।

 

वडाअध्यक्ष उप्रतीले पनि केटा पक्षले नमाने पनि उनिहरुको विहे दर्ता गर्ने तयारी वडाले गरिसकेको बताउँदै , विहे दर्ता लगतै उनिहरुलाई अन्तरजातिय प्रोत्साहान रकम स्वरुप एक लाख रुपैया दिने तयारी गरेको पनि वताए ।
दलित जनमुक्ति परिषद्का सयोंजक समेत रहेका केटी पक्षका मेघ सेञ्चुरीले उनिहरुको विहे दर्ता रोक्न केही स्थानिय महिला अधिकारकर्मीहरुनै लागि परेको बताए ।

 

विहे दर्ता हुन नदिन केटीलाई केटाको परिवारले दैनि मानसिक टर्चर दिएको उनको भनाई थियो । विवाहदर्ता नभए न्यायका लागि अदालत जाने वताउँदै उनले भने , केटा पक्षको परिवारले दैनिक मानसिक टर्चर दिदा केटीले तीन पटक सम्म आत्महत्याकाो प्रयास गरिसकेकी छिन् ।

सन्तोष बराइली ,विजयकुमार साह

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न