शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी हिमतालमा डुबेर बेपत्ता, उद्धारका लागि तीनवटा हेलिकप्टर प्रस्थान

हाम्रो इकोनोमि

शनिबार बिहान  सोलुखुम्बुको खुम्जुङ पासाङ ल्हामुको गोक्यो हिमताल घुम्ने क्रममा डुबेर तीन विद्यार्थी बेपत्ता भएका छन् । खुम्जुङ माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमणमा गएका विद्यार्थीमध्ये तीनजना शनिबार बिहान ताल घुम्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

विद्यार्थीको खोजी तथा

विद्यार्थीको खोजी तथा विद्यार्थीको खोजी तथा उद्धारका लागि खुम्जुङबाट तीनवटा हेलिकप्टरमा १५ जनाको टोली गोक्यो प्रस्थान गरिसकेको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष पेम्बा शेर्पाले जानकारी दिए । ‘तर, मौसम खराबका कारण पछिल्लो कुनै अपडेट पाएका छैनौं,’ उनले भने, ‘हेलिकप्टर गोक्यो क्षेत्र पुगेको मात्र जानकारी आएको छ ।’

खुम्जुङ माविमा कक्षा ९ मा अध्ययनरत खुम्जुङका पेम्बा दोर्जे र पेम्बा नुरू तथा नाम्चेका सुनिल बराइली डुबेर बेपत्ता भएको शेर्पाले जानकारी दिए । बिहीबार शैक्षिक भ्रमणमा गएका उनीहरू आज फर्किने कार्यतालिका थियो ।

विद्यार्थीको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी नायब निरीक्षक माधव कार्कीको नेतृत्वमा तीनजनाको प्रहरी टोली केहीबेरमै गोक्यो प्रस्थान गर्दैछ । मौसम खराब भएकाले समस्या भइरहेको इलाकाले जनाएको छ । प्रहरी कार्यालयका अनुसार नाम्चेबाट गोक्यो पुग्न दुर्इ दिन लाग्छ ।

खुम्जुङबाट तीनवटा हेलिकप्टरमा १५ जनाको टोली गोक्यो प्रस्थान गरिसकेको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष पेम्बा शेर्पाले जानकारी दिए । ‘तर, मौसम खराबका कारण पछिल्लो कुनै अपडेट पाएका छैनौं,’ उनले भने, ‘हेलिकप्टर गोक्यो क्षेत्र पुगेको मात्र जानकारी आएको छ ।’

खुम्जुङ माविमा कक्षा ९ मा अध्ययनरत खुम्जुङका पेम्बा दोर्जे र पेम्बा नुरू तथा नाम्चेका सुनिल बराइली डुबेर बेपत्ता भएको शेर्पाले जानकारी दिए । बिहीबार शैक्षिक भ्रमणमा गएका उनीहरू आज फर्किने कार्यतालिका थियो ।

विद्यार्थीको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी नायब निरीक्षक माधव कार्कीको नेतृत्वमा तीनजनाको प्रहरी टोली केहीबेरमै गोक्यो प्रस्थान गर्दैछ । मौसम खराब भएकाले समस्या भइरहेको इलाकाले जनाएको छ । प्रहरी कार्यालयका अनुसार नाम्चेबाट गोक्यो पुग्न दुर्इ दिन लाग्छ ।

प्रतिक्रिया दिनुहोस
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...