एकदिवसीय क्रिकेटमा नेपालको पहिलो जित, पारस र सोमपाल चम्किए



हाम्रो इकोनोमि

 

रोमाञ्चक खेलमा नेदरल्याड्सलार्इ एक रनले हराउँदै नेपालले एकदिवसीय क्रिकेटमा पहिलो जित हात पारेको छ ।

२१७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ९ विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा नेदरल्याण्डसलार्इ मात्र ६ रन चाहिएको थियो ।

 

कप्तान पारसले पहिलो बलमा एक रन दिए । दोस्रो बलमा दिएनन् तर, तेस्रो बलमा एक र चौथो बलमा २ रन लिएपछि घरेलु टोलीलाई अन्तिम २ बलमा २ रन चाहियो ।

 

पाँचौं बलमा पारसले फेरि रन दिएनन् । अब अन्तिम बलम २ रन चाहियो । अन्तिम बलमा कप्तान पारसले डच खेलाडीलार्इ रन आउट गर्दै नेपाललाई ऐतिहासिक जित दिलाए ।

 

त्यसअघि २९ औं ओभरमा सन्दिप लामिछानेले नेपाललार्इ ठूलो ब्रेकथ्रू दिलाएका थिए । नेदरल्याण्डसका दुर्इ ब्याट्म्यानले ८४ रनको साझेदारी गरिसकेका थिए र विकेट लिने नेपालको एकपछि अर्को प्रयास असफल भइरहेको थियो । ओभरको तेस्रो बलमा सन्दिपले डीजे टेर ब्राकको महत्वपूर्ण विकेट दिलाए ।

 

नेपालल नवौं विकेट लिँदा नेदरल्याण्ड्सको स्कोर १८५ रन थियो र उसलाई अझै ३२ रन चाहिएको थियो । तर, एफजे क्लासन र पीएन भान मिकेरिनले सम्हालिएर खेलेका थिए ।

अन्तिम ओभरकोअन्तिम बलमा पारसले क्लासनलाई रन आउट गर्दा नेपाल विजयी बन्यो ।

 

नेपालका सन्दिप लामिछानेले ३ विकेट लिँदा ललित भण्डारीले २ र सोमपाल कामी, पारस, बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट हात पारे ।

 

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले कप्तान पारससँगै सोमपाल कामीको अर्धशतकको मदतमा ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो ।

 

राम्रो सुरूवात गर्न नसकेको नेपालको पारी त्यसबेला धरमरायो, जब कप्तान पारस अर्धशतक बनाए लगतै आउट भए । उनी पभेलियन फर्किँदा नेपालले ६ विकेट गुमाएर मात्र १३५ रन बनाएको थियो । तर, सोमपालले ४६ बलमा ६१ रनको गेम चेन्जिङ पारी खेले ।  आठौं क्रममा ब्याटिङमा आएका सोमपाल कामीले ५ चौका र ३ छक्का हानेका थिए ।

 

शक्ति गौचन, शरद भेषावकर र करण केसी तीन खेलाडी परिवर्तन गरी सुवास खकुरेल, रोहित कुमार पौडेल र ललित भण्डारीलाई मौका दिइए पनि अपेक्षाअनुसार सुधार भने देखिएन ।

 

पहिलो खेलमा ज्ञानेन्द्र मल्ल र अनिल कुमार साहले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका भएपनि दोस्रो खेलमा ओपनिङ पाटनरसिप नै परिवर्तन गरियो ।

 

ज्ञानेन्द्रलाई साथ दिन सुवास खकुरेललाई ल्याइएको थियो । २९ रनको साझेदारी भएको अवस्थामा ज्ञानेन्द्र मल्ल आठौँ ओभरको तेस्रो बलमा व्यक्तिगत १३ रन बनाउँदा क्याच आउट हुन पुगे । त्यसपछि ब्याटिङमा आएका अनिल कुमार साहले ४ रन बनाउँदा आठौँ ओभरकै अन्तिम बलमा आउट हुन पुगे ।

 

३३ बलमा १९ रन बनाएका सुवास खकुरेल १२ औं ओभरमा आउट भए । धरमराएको नेपाली ब्याटिङ त्यसपछि लयमा आउने देखिएको थियो । तर, कप्तान पारस खड्कासँग साझेदारी गरिरहेका दिपेन्द्र सिंह ऐरी रन आउट हुन पुगे । १७ बल खेलेका ऐरीले ३ चौकाको मद्धतमा १९ रन बनाएका थिए ।

 

एकदिवसीय क्रिकेट इतिहासकै चौथा कान्छा खेलाडी रोहित कुमार पौडेलले पनि आफ्नो प्रभाव पार्न सकेनन् । १५ बल खेलेका उनी ६ रन बनाएर आउट भए ।

 

आरिफ शेख ४६ बलमा १६ रन बनाउँदा आउट भए । ९ बल खेलेका बसन्त रेग्मी एक रन बनाएर आउट भए । सन्दीप लामिछानेले २२ बलमा ८ रन र ललित भण्डारीले ९ बलमा ४ रन बनाए ।

नेदरल्याण्ड्सका फ्रेड क्लासेनले तीन, पिटर सिलरले दुई, मिचेल रिप्पोन दुई र पोउल भ्यान मेकेरिन र शेन स्यान्टनरले एक/एक विकेट लिए

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...