२५ हजार घुससहित मालपोत प्रमुख पक्राउ



हाम्रो इकोनोमि

 

तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद दाहाल रु २५ हजार घुससहित पक्राउ परेका छन् ।

उनलाई अख्तियारको टोलीले आज दिउँसो सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट आएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डे नेतृत्वको टोलीले दाहाललाई उनकै कार्यकक्षबाट घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलीले दाहाललाई नियन्त्रणमा लिएर इटहरी फर्किएको इलाका प्रहरी कार्यालय सक्रान्तिबजारका प्रहरी सहायक निरीक्षक देवराज काफ्लेले बताउनुभयो । मालपोत कार्यालयको निमित्त प्रमुखको कार्यरत दाहाल नायब सुब्बा हुन् । उनलाई जग्गा रजिष्ट्रेशनमा सेवाग्राहीबाट घुस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...