२५ हजार घुससहित मालपोत प्रमुख पक्राउ



हाम्रो इकोनोमि

 

तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद दाहाल रु २५ हजार घुससहित पक्राउ परेका छन् ।

उनलाई अख्तियारको टोलीले आज दिउँसो सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट आएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डे नेतृत्वको टोलीले दाहाललाई उनकै कार्यकक्षबाट घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलीले दाहाललाई नियन्त्रणमा लिएर इटहरी फर्किएको इलाका प्रहरी कार्यालय सक्रान्तिबजारका प्रहरी सहायक निरीक्षक देवराज काफ्लेले बताउनुभयो । मालपोत कार्यालयको निमित्त प्रमुखको कार्यरत दाहाल नायब सुब्बा हुन् । उनलाई जग्गा रजिष्ट्रेशनमा सेवाग्राहीबाट घुस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...