नागरिकका गुनासा सुन्न मन्त्री पुनले हटलाइन टेलिफोन सेवा शुरु गरें



हाम्रो इकोनोमि

 

 

“मन्त्रीज्यू विद्युत्भार कटौतीमुक्त भनिएको छ । तर बिजुलीको लाइन गइरहेकै हुन्छ । तलमाथि भइरहँदा विद्युतीय सामग्री बिग्रने गरेको छ । समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा फोन ग¥यो, कहिल्यै फोन उठ्दैन । साह्रै समस्या भएको छ । फोन उठे पनि कुनै कर्मचारीले सुनुवाइ गर्दैैनन्” यो भनाइ हो वीरगञ्जका शिवनारायण महतोको ।

 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले हरेक शुक्रबार अपराह्न १२ बजेदेखि १३ बजेसम्म नागरिकका गुनासा सम्बोधन गर्न पैसा लाग्ने र पैसा नलाग्ने दुई वटा हटलाइन टेलिफोन नम्बर सञ्चालन गर्ने खबर सुनेपछि महतोले फोन गरेर मन्त्रीलाई आफ्ना गुनासा सुनाउनुभयो ।

 

महतोले मन्त्री पुनसँग समस्या समाधानका लागि आग्रह गर्नुभयो । उहाँको समस्या सुनेपछि मन्त्री पुनले प्राधिकरण वीरगञ्ज वितरण केन्द्रलाई समस्या समाधानका लागि निर्देशन दिने र समस्याको समाधान हुने प्रतिबद्धता जनाउनुभयो ।

 

मन्त्रीको भनाइलगत्तै महतोले खुशी हुँदै भन्नुभयो “मन्त्रीज्यू यहाँलाई धन्यवाद छ । समस्या समाधान भए धेरै आभारी हुने थिए ।”

 

नागरिकका गुनासा सुन्ने र प्रत्यक्षरुपमा समाधान गर्ने ध्येयका साथ मन्त्री पुनले आजदेखि हरेक दिन शुक्रबार प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय गर्नुभएको छ ।

 

मन्त्रालय मातहतका निकायमा रहेका गुनासा सम्बोधन गर्न उपभोक्तासँग प्रत्यक्ष टेलिफोन संवाद शुरु गरिएको मन्त्री पुनले जानकारी दिनुभयो ।

 

नागरिकले पैसा नलाग्ने टेलिफोन नम्बर ११५१ र पैसा लाग्ने फोन नम्बर ०१–४२००६४१ र ४२ मा प्रत्यक्षरुपमा मन्त्री पुनसँग संवाद गर्न सक्नुहुन्छ ।

 

मन्त्रालय मातहतका नेपाल विद्युत् प्राधिकरण र विद्युत् विकास विभागलगायत निकायको सेवाबारे गुनासो सुनेर उपभोक्तालाई दिने सेवा तथा सुविधालाई प्रभावकारी बनाउन उहाँले प्रत्यक्ष संवाद शुरु गरिएको हो ।

 

मन्त्री पुनलाई तेह्रथुमबाट अर्जुन ढुंगानाले फोन गरेर तमोर जलाशयुक्त आयोजनाको मुआब्जालगायतका विषयमा जिज्ञासा राख्नुभयो । यस्तै दुबईबाट रेखा गैरेले फोन गरेर वैदेशिक रोजगारीमा रहेका युवालाई कहिलेसम्म फर्काउनुहुन्छ र भ्रष्टाचार कहिलेसम्म नियन्त्रण गर्नुहुन्छ भनेर जिज्ञासा राख्नुभयो ।

 

यस्तै काभ्रेपलाञ्चोकबाट नारायण घिमिरेले फोन गरेर विद्युत् प्राधिकरणका कार्यरत ज्यालादारी कर्मचारीको समस्या कहिले र कसरी समाधान गर्नुहुन्छ भनेर प्रश्न गर्नुभयो ।

 

मन्त्री पुनलाई टेलिफोन गर्नेमा नमोबुद्ध–४ काभ्रेपलाञ्चोकमा शिव बस्नेत पनि एक हुनुहुन्थ्यो । उहाँले नमोबुद्धमा खानेपानीको चरम अभाव रहेकाले ट्रान्सफर्मरलगायतका समस्या समाधानका लागि आग्रह गर्नुभयो ।

 

मन्त्री पुनले न्यौपानेको समस्या समाधानका लागि प्राधिकरणको बनेपा वितरण केन्द्रलाई तत्काल निर्देशन दिने र समस्या समाधान हुने विश्वास दिलाउनुभयो ।

 

संखुवासभाबाट जानीकुमार राईले मन्त्री पुनलाई टेलिफोन गरी भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत् आयोजनामा स्थानीयले रोजगारी पाउने वातावरण निर्माणका लागि आग्रह गर्नुभयो ।

 

गुल्मी रेसुङ्गाका धनेश्वर भट्टराईको गुनासो भने प्राधिकरणको पोल सार्नुपर्नेमा केन्द्रित थियो । उहाँले पोल सार्न र प्रसारण लाइन विस्तारमा ध्यान दिन मन्त्री पुनसँग अनुरोध गर्नुभयो ।

 

गोरखा पालुङटारबाट लक्ष्मण पन्तले २५ केभीए क्षमताको ट्रान्सफर्मर हटाएर ५० केभीको जडान गरिदिए समस्या समाधान हुने भन्दै मन्त्री पुनसँग आग्रह गर्नुभयो ।

 

धुलिखेल नगरपालिका–७ का शशि तिमिल्सिनाले रुख काट्दा रुख ढलेर प्राधिकरणको पोल ढलेका कारण विद्युत् आपूर्ति हुन नसकेको गुनासो गर्नुभयो ।

 

कागेश्वरी नगरपालिका–८ का कुमार खातीले ‘हाइटेन्सन लाइन’ का कारण समस्या परेको भन्दै हटाइदिन आग्रह गर्नुभयो । चन्द्रागिरी नगरपालिकाका बासिन्दा माधव ढुंगानाले विगत दुई वर्षदेखि प्राधिकरणले पोल गाँडेपनि तार उपलब्ध नभएका कारण १५ परिवार समस्यामा परेको भन्दै मन्त्री पुनसँग समस्या समाधानका लागि आग्रह गर्नुभयो ।

 

यस्तै सशस्त्र जनयुद्धको समयमा विद्युत्को महसुल नतिर्न भनेको तर बक्यौता बाँकी रहेको भन्दै प्राधिकरणले ताकेता गरिरहेकोमा त्यो समस्या किन समाधान नभएको भन्ने प्रश्न गर्नुभयो ।

 

मन्त्री पुनले प्रत्यक्ष रुपमा सम्वाद गर्ने कार्यक्रम सुरु गरेको जानकारी पाएपछि आज सुरुकै दिनमा देशका विभिन्न स्थानबाट १५ जनाले टेलिफोन गरी समस्या समाधान गरिदिन आग्रह गरेका थिए ।

 

अधिकाशं समस्या प्राधिकरणसँग सम्बन्धित आएका थिए भने केही विषयमा भने नीगित रुपमा नै निर्णय गर्नुपर्ने समस्या टेलिफोन गर्नेले मन्त्री पुनसँग राखेका थिए ।

पहिलो दिन नै नागरिकको तहबाट आफूलाई उत्साहित बनाएको र जनताको समस्या बुझ्ने अवसर समेत प्राप्त भएको मन्त्री पुनको भनाइ छ ।

 

नागरिकले उठाएका समस्या समाधानका लागि आफूले सम्बन्धित निकायलाई तत्काल निर्देशन दिने जानकारी दिदै मन्त्री पुनले भन्नुभयो, ‘नागरिकका तहबाट उठेका समस्या समाधानका लागि पहल गरिएको र त्यसले मलाई थप जिम्मेबार बनाउँछ ।’

 

तत्कालीन ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले पनि नागरिकको गुनासो सम्बोधन गर्न पैसा नलाग्ने ११५१ नम्बर जडान गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...