धनुषामा गोली हानेर युवकको हत्या



हाम्रो इकोनोमि

 

 

धनुषामा गोली प्रहार गरी एकजनाको हत्या भएको छ । धनुषाको कमला नगरपालिका-८ बस्ने अन्दाजी २५ वषर्ीय राजेश यादवको गोली प्रहार गरी हत्या भएको हो ।

 

यादवको शव जनकनन्दनी गाउँपालिका इनर्वास्थित रेल्वे स्टेशन छेउमा आज बिहान फेला परेको थियो । रेल्वे लिकको छेउमा यादवको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो ।

 

यादवको शरीरमा ३/४ गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यादवको टाउको र पेटमा गोली लागेको छ ।

 

घटनास्थलबाट कटुवा पेस्तोल १ थान, ३ थान गोलीको खोका र एउटा मोटरसाइकल फेला परेको धनुषाका प्रहरी प्रमुख गोविन्द थपलियाले बताए । हत्या गरिएका यादव यसअघि केही आपराधिक गतिविधिहरुमा संलग्न प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...