इन्डोनेसिया र चीनमा गयो शक्तिशाली भूकम्प, सुनामी आउने खतरा



हाम्रो इकोनोमि

 

इन्डोनेसियाको पूर्वी भागमा पर्ने मालुकु प्रान्तमा शुक्रबार ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको मौसम विज्ञान विभागले भूकम्पबाट सुनामी आउने खतरा नरहेको स्पष्ट गरेको छ ।

भूकम्पबाट कुनै पनि किसिमको जीउधनको क्षति नभएको राष्ट्रिय विपद् व्यवस्था एजेन्सीले जनाएको छ ।

 

त्यसैगरी चीनको उत्तरपश्चिम किङ्गहाई प्रान्तमा शुक्रबार ५.१ म्याग्निन्युडको भूकम्प गएको छ । यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।

 

स्थानीय समायानुसार शुक्रबार बिहान ९:३४ मा सो भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्रले जानकारी दिएको छ ।  भूकम्प प्रभावित क्षेत्रको आसपासमा नै १० किलोमिटर गहिराईमा सो भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ । भूकम्पको केन्द्रविन्दु रहेको २० किलोमिटर अर्धव्यासम्म आवासीय वासस्थानहरु पनि नरहेको बताइएको छ । यसैकारण मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । एएफपी

प्रतिक्रिया दिनुहोस
नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

    नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म रु आठ...

माछापुच्छ्रे बैंकको खुद नाफा १२ प्रतिशतले बढ्यो

     माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ११ करोड...

नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...