लोक गीतमा चम्किदै सिता श्रेष्ठ



हाम्रो इकोनोमि

 

अहिले सिता श्रेष्ठलाई अन्तरवार्ता र गित रेकर्डिङ गर्दैमा भ्याई नभ्याई छ ।

सुरिलो स्वरकी धनी सिता अचेल लोकसंगीतको पर्यायी नै बन्न पुगेकी छिन । भर्खर मात्र सर्जक एवं गायक रमेश बिजीको शब्द तथा कमल सरगमको लय संकलनमा अर्का चर्चित गायक बद्री पंगेनीसँग   माईति घर बोलको तीज गीत गाएपछि उनको व्यस्ताता र चर्चा झन चुलिएको छ ।

 

उनले भर्खर मात्र ओएस नेपाल म्युजिक अवार्ड २०७५ को उत्कृष्ट नव गायीकाको उपाधि जितेकी थिईन ।

 

कठै मेरो माइती गाँउ बाट उनी नोमिनेशनमा परेकी थिइन भने उपाधि समेत हात पारेकी थिईन । उपाधी पाए पछि श्रेष्ठले गित गाउने अवसर दिने सम्पुर्ण युनिट,आफुलाई अवार्ड जिताउने सहयो गर्ने स्रोता दर्शक तथा सबैमा धन्यवाद व्यक्त गर्दै आवर्डले अझ धेरै जिम्मेवारी थपेको बताईन ।

 

निकै उत्कृष्ट आवाजकी धनि गायीका सिताले छोटो समयमै नेपाली लोकदोहोरी गित संगितमा सबैको मन जित्न सफल बनिरहेकी छन । अनुशासित मिलनशार र मेहनती गायिका श्रेष्ठ लोकगायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन ।

उनको स्वर सुन्न अचेल सबै आतुर हुने गरेका छन् । त्यसैले उनले अहिले खाली रहनुपरेको छैन । उनको आगामी यात्रा झन सफल होस होम्रो शुभकामना ।

 

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...