बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने फरार अभियुक्त पक्राउ



 

बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

जिल्लाको बलान बिहुल गाउँपालिका काचन बस्ने २२ वर्षीय धर्मेन्द्रकुमार दासलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले फरार दासलाई घरमा लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिनुभयो ।

सप्तरी जिल्ला अदालत राजविराजले फरार प्रतिवादी दासलाई जबर्जस्ती करणी गरेको आरोपमा आठ वर्ष कैदको फैसला सुनाइएको थियो । पक्राउ परेका उनलाई आजै जिल्ला कारागार राजविराजमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

विसं २०७२ भदौ १ गते राति १२ बजेको समयमा स्थानीय १२ वर्षीया बालिकालाई दासले जबर्जस्ती करणी गरी फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न