डा. तुलसी गिरीको भाईले पनि गरे भ्रष्टाचार,विद्यालयको फलफूल समेत छोडेनन्



हाम्रो इकोनोमि

 

यो तस्विर हो, धनुषाको क्षिरेश्वर नगरपालिका , महेन्द्रनगरस्थित क्षिरेश्वर जनता माध्यामिक विद्यालयको । लटरम्म घारीले घेरिएको यस विद्यालयको प्रागंणस्थल स्थानियहरुको घाँस काट्ने ठाउँ बनेको छ । तर अचम्म लाग्ला यस विद्यालयको बार्षिक आम्दानी करिव दुई करोड रुपैयाँ हो । र , यस विद्यालयको २५ विगाहा त जग्गा मात्रै छ ।

क्षिरेश्वर जनता मावि मनोमानी ढगंले चलाएको आरोप अभिभावकहरुले लगाएका छन् । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्ण गिरीले विद्यालय मनोमानीले चलाएको उनिहरुको आरोप छ ।

विद्यालयको जग्गाको लालपुर्जा माग्दा अध्यक्ष गिरीले देखाउन मानेका छैनन् , विद्यालय पारदशी ढगंले चलाउन माग गर्दै नौ दीन सम्म अनशन बसेका विद्यालय ब्यवस्थापन समितीका एक सदस्य ईन्द्रकान्त झाले भने , अध्यक्षले जग्गा भित्र भित्रै बेचेको हामीलाई शकां छ ।

विद्यालयको जग्गामा हप्ताको दुई पटक लाग्ने सखुवा वजारको ठेक्का मात्रै विद्यालयले बर्षको १ करोड ८१ लाखमा लगाएको छ । तर बजारको आम्दानी पनि अध्यक्ष गिरीले मनपरी चलाउने गरेको आरोप झाले लगाए । हिसाव माग्दा विद्यालयमा राजनीति गर्न खोजेको भन्नु हुन्छ गिरीजी , झा भन्छन् , हिसाव पारदर्शी गर्न अडान लिँदा गिरीका गुण्डाहरुले मलाई झण्र्ड मारेनन् ।

विद्यालयका प्रधानध्यापक कमल पण्डितका अनुसार यस विद्यालयमा करिव पाँच सय पचास विद्यार्थी अध्ययनरत छन् भने २५ शिक्षक शिक्षिका छन् । विद्यार्थीलाई निशुल्क अध्ययन गराईने उनले बताए । तर स्कुलको जग्गा र आम्दानी बारे भने उनले केही बताउन चाहेनन् ।

भने , यो सवै अध्यक्षलाईनै सोध्नुस् ।
अध्यक्ष गिरी भने अनियमितता र मनोमानी गरेको आरोप ठाडै अस्विकार गर्छन । आफूले विद्यालयलाई ३ विगाहा जग्गा दिएको दावि गर्दै उनि भन्छन् , यो सव मेरा विरोधीहरुले मेरो वद्नाम गराउन गरिएको एउटा फण्डा हो ।

अध्यक्ष गिरी पूर्व प्रधानमन्त्री तुलसी गिरीका सहोदर भाई हुन् । पूर्व राजनीतिक खेलाडी समेत रहेका उनि जनकपुरस्थित रामा होटलका मालिक समेत हुन् भने महेन्द्रनगरमा उनको एउटा काठमिल समेत सञ्चालित छ ।

क्षिरेश्वर नगरपालिकाका मेयर जोगिन्दर पजिंयार पनि अध्याक्ष गिरीले मनोमानी गरेको कुरालाई स्विकार गर्दैनन् । भन्छन् , गिरीजी दुई चार पैसामा लोभिने ब्यक्ति होईनन् , वाहाँ माथी लगाइएका आरोपहरु सवै गलत हुन् ।

२०२१ सालमा स्थापना भएको क्षिरेश्वर जनता मावि २०५८ सालबाट सार्वजानिक शैक्षिक गुँठी अन्तर्गत निजि आम्दानीबाट सञ्चालित छ ।

विजयकुमार साह

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...