प्रधानन्यायाधीशमा जोशी दुई तिहाईले अस्वीकृत, ओमप्रकाश मिश्रलाई बनाउने तयारी
संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत भएपछि ओमप्रकाश मिश्र प्रधानन्यायाधीश हुने भएका छन् ।
संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम बहुमतले अस्वीकृति गरेको छ । आज बसेको संसदीय सुनुवाई विशेष समितिमा मतदानमार्फत जोशीबारे निर्णय गरिएको हो ।
समितिका सदस्य शिवकुमार मण्डलका अनुसार छलफलमा सहमति नजुटेपछि मतदानमार्फत टुङगो लगाएको जानकारी दिए ।
१५ सदस्यीय समितिमा नेकपाका ९, कांग्रेसका चार, फोरम र राजपाका एकएक सदस्य छन् ।
समितिमा रहेका काँग्रेस सांसदहरु मतदान बहिस्कार गरेका थिए ।