अभिनेत्री पूजा शर्माको जिव्रो चिप्लदा माग्नेले सम्हाले



हाम्रो इकोनोमि

अभिनेत्री पूजा शर्मा फरासिली छिन् । तर, कहिलेकाही उनलाई यही बानीले धोका पनि दिएको छ ।

रामकहानी फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनलाई यस्तै समस्या भयो ।

फिल्मको ट्रेलर रिलिज भएपछि उनले भनिन्–‘ट्रेलर भनेको झुक्याउनलाई नै बनाउने हो ।’

यसपछि पूजाले बोली चिप्लिएको थाहा पाइन् । उनी, माइक तल राखेर हाँसिन् । पूजाले हाँस्दै गर्दा निर्देशक सुदर्शन थापाले सम्हाले ।

उनले अब पूजाले ट्रेलर झुक्याउनलाई हो भनेर हेडलाइन्स बन्ने बताए ।

तर, कलाकार केदार घिमिरेले भने ट्रेलरमा फिल्ममा भएका राम्रा कुरा नै समावेश नगरिएको बताए ।

सामान्य सामान्य कुरा मात्र राखेर फिल्म बनाइएको रहेछ भन्दै उनले पूजाको कुरालाई मिलाउन खोजे ।

तर, पूजाले भन्न एउटा कुरा खोज्दा जिव्रो चिप्लियो र अर्कै कुरा भन्न पुगिन् ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...