चीनको ५१ वर्षीय भिक्षुले गुम्बामा आनीहरुमाथि यौनशोष र दुर्व्यवहार गरेको गम्भिर आरोप



हाम्रो इकोनोमि

 

चीनको शीर्ष तहका एक बौद्ध भिक्षुमाथि यौनशोषणको गम्भिर आरोप लागेको छ ।

गत जुलाईमा चिनियाँ अधिकारीहरुसमक्ष प्रस्तुत गरिएको ९५ पृष्ठ लामो दस्तावेजमा सी सुचेङमाथि दुई बौद्ध भिक्षुले लोङकुवान गुम्बामा आनीहरुमाथि यौनशोषण तथा दुर्व्यवहार गरेको गम्भिर आरोप लगाइएको हो ।

यद्यपि, भिक्षुले आफूमाथि लगाइएका सम्पूर्ण आरोपहरुको खण्डन गरेका छन् ।

लोङकुवान गुम्बाका प्रमुख सुचेङ बुद्धिस्टि एशोसिएसन अफ चाइनाका हाइप्रोफाइल व्यक्ति हुन् । उनी चिनियाँ सरकारको राजनीतिक सल्लाहकार समेत रहेको सिएनएनले उल्लेख गरेको छ ।

 

५१ वर्षीय भिक्षुले बुधबार राती सामाजिक सञ्जाल वेइबोमा छोटो विज्ञप्ति जारी गर्दै आफूमाथि लगाइएको सबै आरोपहरु निराधार भएको बताए ।

गुम्बाको नाममा जारी विज्ञप्तिमा आम जनतालाई गुमराह गर्न तथ्यहीन आरोपहरु लगाइएको उनले आरोप लगाएका छन् । त्यस्तै, यस विषयमा सरकारलाई आधारिक छानविन गर्न माग पनि गरिएको विज्ञप्तिमा उल्लेख छ ।

 

यता, चीन सरकारको स्टेट एडमिनिस्ट्रेसन फर रिलिजियस अफेयर्सले पनि बिहिबार एक विज्ञप्ति जारी गर्दै सुचेङमाथि लागेको आरोपको मुद्दालाई उच्च प्राथमिकतामा राखेको र यसबारे अनुसन्धान प्रक्रिया शुरु भइसकेको बताएको छ ।

आरोपसहितको दस्तावेजमा सुचेङले कथितरुपमा छ जना आनीहरुलाई पठाएको अश्लिल सन्देशहरु समावेश गरिएको छ । ती सन्देशहरुमा आनीहरुसँग ‘बौद्ध धर्म अध्ययन’ को हिस्सा भन्दै यौनसम्बन्धको माग गरिएको छ ।

उक्त रिपोर्ट चिनियाँ सामाजिक सञ्जालमा बुधबार लिक भएको थियो । तर, पछि त्यसलाई सेन्सर गरिएको थियो ।

 

दस्तावेजमा पीडितहरुको बयान पनि राखिएको छ । दस्तावेजका अनुसार गत जुनमा बेइजिङस्थित प्रहरी कार्यालयमा एक पीडितले उजुरी समेत दर्ता गरेको उल्लेख गरिएको छ ।

आरोपसहितको दस्तावेज प्रस्तुत गर्ने दुई भिक्षुमध्ये एक सि सियाङ्कीले आफूहरु सरकारको अनुसन्धानको प्रतिक्षा गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...