घाँटीमा पेस्तोल राख्दै आक्रमणकारीले सांसदलाई भने -हल्ला गरिस भने यही ढालिदिन्छौं



हाम्रो इकोनोमि

 

सांसद निरु पालले  संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशको नाममा सुनुवाइ भइरहेको बेला राजधानीमै आफूमाथि आक्रमणको प्रयास भएको घटनाबारे संसदमा जानकारी गराएकी छिन् ।  विहीबारको संसदमा बोल्दै पालले आफूमाथि भएको घटनाको जानकारी गराएकी हुन् । उनले गत साउन १५ गते साँझ ८ बजेर १५ मिनेटमा म घरबाट दूध लिन पसलमा जाने क्रममा साँघुरो गल्लीमा आफूमाथि तर्साउने प्रयास भएको बताइन् ।

 

उनका अनुसार सो समयमा उक्त गल्लीमा एक जना रेनकोट लागेको मान्छे उभिरहेको थियो र उनलाई देखेपछि उसले उनि तर्फ मुख फर्काएर माथि पर्खालतिर हेरेको थियो । त्यहाँ २-३ जनामा मान्छे रहेको र बाहिर ३ र ४ वटा मोटरसाइकल रहेको उनले बताइन् ।

 

उनले भनिन्, “ मैले त्यहाँको पसलमा दूध नपाएपछि माथि अर्को पसलबाट दूध लिएर आएँ । उसले मलाई खुट्टाले छेकेर घाँटीमा पेस्तोल लगायो । मलाई अहिले पनि दुखिरहेको छ । अहिले पनि निलो डाम छ । पेस्तोल देखाएर मलाइ तर्साउन खोजिएको होला ।”

 

उनलाई उनीहरुले भोलिको बैठकमा गइस् भने प्रधानमन्त्रीले पनि तेरो लास भेट्न सक्दैन भनेर धम्की दिएका थिए । साथै उनको मोवाइल खोसेर हल्ला गरिस् भने यहीँ ढालिदिने धम्की उनीहरुले दिएका थिए ।

साथै प्रतिनिधिसभामा स्थानीय तहले कर वृद्धि गरी जनतालाई सास्ती दिने काम गरेको तथा बर्दियामा सीमा स्तम्भ हराएको विषयमा सदनमार्फत सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

बैठकमा शून्य समयमा भाग लिने सांसदहरुले वर्षायाममा बजेट सक्ने नाममा गुणस्तरहीन कालोपत्रै गरिएको, नमूनाका रुपमा जनताले हातैले कालोपत्र उप्काएर देखिएको पनि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

 

राजधानीको हिलो र धुलोले अस्तव्यस्त सडक सुधार गर्न र फोहर मैला व्यवस्थापन गर्ने कार्यक्रम ल्याउन पनि उनिहरुले सुझाव दिए  । शून्य समयमा सांसदहरु रगमती शाही, भरतकुमार शाह, महेश बस्नेत, विमल नेपाली, राजन केसी, महेन्द्र कुमारी लिम्बू, मीना सुब्बा, यज्ञबहादुर बोगटी, रामवीर मानन्धर, यज्ञराज सुनुवार, यशोदाकुमारी सुवेदी र रामबहादुर विष्टले भाग लिए  ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...

पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दलसहित संयुक्त बैठक

     प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक...

महाधिवेशन रोक्न खोजे विशेष महाधिवेशन : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी महाधिवेशन रोक्ने काम भए देशभरका...