घाँटीमा पेस्तोल राख्दै आक्रमणकारीले सांसदलाई भने -हल्ला गरिस भने यही ढालिदिन्छौं



हाम्रो इकोनोमि

 

सांसद निरु पालले  संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशको नाममा सुनुवाइ भइरहेको बेला राजधानीमै आफूमाथि आक्रमणको प्रयास भएको घटनाबारे संसदमा जानकारी गराएकी छिन् ।  विहीबारको संसदमा बोल्दै पालले आफूमाथि भएको घटनाको जानकारी गराएकी हुन् । उनले गत साउन १५ गते साँझ ८ बजेर १५ मिनेटमा म घरबाट दूध लिन पसलमा जाने क्रममा साँघुरो गल्लीमा आफूमाथि तर्साउने प्रयास भएको बताइन् ।

 

उनका अनुसार सो समयमा उक्त गल्लीमा एक जना रेनकोट लागेको मान्छे उभिरहेको थियो र उनलाई देखेपछि उसले उनि तर्फ मुख फर्काएर माथि पर्खालतिर हेरेको थियो । त्यहाँ २-३ जनामा मान्छे रहेको र बाहिर ३ र ४ वटा मोटरसाइकल रहेको उनले बताइन् ।

 

उनले भनिन्, “ मैले त्यहाँको पसलमा दूध नपाएपछि माथि अर्को पसलबाट दूध लिएर आएँ । उसले मलाई खुट्टाले छेकेर घाँटीमा पेस्तोल लगायो । मलाई अहिले पनि दुखिरहेको छ । अहिले पनि निलो डाम छ । पेस्तोल देखाएर मलाइ तर्साउन खोजिएको होला ।”

 

उनलाई उनीहरुले भोलिको बैठकमा गइस् भने प्रधानमन्त्रीले पनि तेरो लास भेट्न सक्दैन भनेर धम्की दिएका थिए । साथै उनको मोवाइल खोसेर हल्ला गरिस् भने यहीँ ढालिदिने धम्की उनीहरुले दिएका थिए ।

साथै प्रतिनिधिसभामा स्थानीय तहले कर वृद्धि गरी जनतालाई सास्ती दिने काम गरेको तथा बर्दियामा सीमा स्तम्भ हराएको विषयमा सदनमार्फत सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

बैठकमा शून्य समयमा भाग लिने सांसदहरुले वर्षायाममा बजेट सक्ने नाममा गुणस्तरहीन कालोपत्रै गरिएको, नमूनाका रुपमा जनताले हातैले कालोपत्र उप्काएर देखिएको पनि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

 

राजधानीको हिलो र धुलोले अस्तव्यस्त सडक सुधार गर्न र फोहर मैला व्यवस्थापन गर्ने कार्यक्रम ल्याउन पनि उनिहरुले सुझाव दिए  । शून्य समयमा सांसदहरु रगमती शाही, भरतकुमार शाह, महेश बस्नेत, विमल नेपाली, राजन केसी, महेन्द्र कुमारी लिम्बू, मीना सुब्बा, यज्ञबहादुर बोगटी, रामवीर मानन्धर, यज्ञराज सुनुवार, यशोदाकुमारी सुवेदी र रामबहादुर विष्टले भाग लिए  ।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...