रविन्द्र अधिकारीको ५ वर्षे योजनाः वार्षिक २५ लाख पर्यटक



 

संस्कति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो ५ वर्षे कार्यदिशा सार्वजनिक गरेको छ ।
कार्यदिशामा वाषिर्क पर्यटक आवागनलाई आगामी ५ वर्षभित्रै २५ लाख पुर्‍याउनेदेखि निगगढ विमानस्थलको निर्माण आधा सकाउने सम्मका लक्ष्य निर्धारित छन् ।

 

बिहीबार मन्त्रालयमा विभिन्न प्रदेशमा पर्यटनमन्त्रीहरुसँग भएको अन्तरक्रियामा ५ वर्षभित्र मन्त्रालयले गर्ने कामको खाका सार्वजनिक गरिएको हो । पर्यटनमन्त्री रविन्द्र अधिकारीको उपस्थितिमा सार्वजनिक गरिएको कार्यदिशामा विभिन्न सांस्कतिक तथा पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्नेदेखि पर्यटन प्रवर्द्धनका लागि चालिने कदमहरु समेटिएका छन् ।

 

सार्वजनिक गरिएको कार्यायोजनामा १ वर्षभित्रै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइसक्ने उल्लेख छ । त्यसैगरी पोखरा विमानस्थलको निर्माण ३ वर्षभित्र सकेर सञ्चालनमा ल्याउने विषय पनि यसमा समेटिएको छ ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरेरेको उडान/अवतरणको संख्या तथा पार्किङ क्षमतालाई दोब्बर बनाउने लक्ष्य पनि निर्धारण गरिएको छ । काभ्रको नागीडाँडामा आन्तरिक विमानस्थल निर्माण सकेर त्रिभुवन विमानस्थलको ट्राफिक चापलाई ३० प्रतिशतले कम गर्ने अर्को योजना पनि समावेश छ ।

 

मन्त्रालयले हाल वाषिर्क १० लाख रहेको पर्यटक आगमनको संख्यालाई अबको ५ वर्षभित्रमा २५ लाखमा पुर्‍याउने महत्वकांक्षी कार्यदिशा सार्वजनिक गरेको छ । यसका लागि संघ, प्रदेश र स्थानीय तह मिलेर विभिन्न पूर्वाधारहस्को विकास गर्न प्रस्ताव गरिएको छ ।

 

५ वर्षे कार्यदिशमामा ३ वर्षभित्रै सबै पुरतात्विक सम्पदाहरुको पुननिर्माण सकाउने लक्ष्य लिइएको छ । यस्तै उत्खनन् र खोज गर्न बाँकी सम्पदाहरुलाई पनि प्राथमिकताका साथ राखेर संरक्षण गर्दै उत्खनन् गर्ने लक्ष्य लिइएको छ ।

 

नेपाल वायु सेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि १० र आन्तरिक उडानका लागि १५ वटा विमान रहने अवस्थामा पुर्‍याउने उद्देश्य राखिएको कार्यदिशामा छ । निगमसँग हाल ५ वटा अन्तर्राष्ट्रिय र ८ वटा आन्तरिक उडान भर्ने विमान छन् ।

 

पशुपति क्षेत्र, जानकी मन्दिर, रारा, खप्तड, स्वर्गद्वारी लगायतका क्षेत्रको पर्यटन गुरुयोजना तयार कार्यान्वनमा लगिने मन्त्रालयले जनाएको छ । पुशपतिलाई चाडपर्वको दिनमा १५ लाख पर्यटकले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाउन प्रवेश तथा प्रांगण क्षेत्र सुधार गर्ने योजना पनि ल्याइएको छ ।

 

लुम्बिनीको तयार भएको गुरुयोजना कार्यान्वयन गर्ने र तिलौराकोट लगायतका क्षेत्रलाई समेटेर ग्रेटर लुम्बिनीका लागि गुरुयोजना तयार गर्ने विषय पनि कार्ययोजनामा छ ।

 

यस्तै अन्तर्राष्ट्रिय बौद्ध सर्किटलाई नेपालसँग जोड्ने र जनकपुरलाई भारतसँगको सहकार्यमा रामायण सर्किटमा आवद्ध गर्ने काम पनि ५ वर्षभित्र भइसक्ने दावी मन्त्रालयको छ ।

 

प्रत्येक प्रदेशमा सांस्कृतिक सांग्राहलय स्थापना गर्ने, प्रत्येक स्थानीय तहमा हेली प्याड निर्माण गर्ने, प्रदेश र स्थानीय तहसँग मिलेर सय वटा नयाँ पर्यटकीय गन्तब्य विकास गरिसक्ने, एयर स्पोर्टट्ज एक्टिभिटीलाई विस्तार गर्ने, नारायणहिटी संग्राहलयको गुरुयोजना बनाएर त्यहाँभित्र पुरा एक दिन विताउन सकिने किसिमबाट विकास गर्ने, हेलसी र पाथिभारलाई पनि हिन्दु र बौद्ध धर्माबलम्बीको महत्वपूर्ण गन्तब्यका रुपमा विकास गर्ने लगायतका लक्ष्य पनि मन्त्रालयले तय गरेको छ ।

 

सबै काम गरिसक्दा कुल राष्ट्रिय उत्पादनमा पर्यटन क्षेत्रको योगदानको हिस्सा १० प्रतिशत पुग्ने दावी मन्त्रालयको छ ।
पर्यटनको प्रवर्द्धनमार्फत ब्यापक रुपमा रोजगारीको सिर्जना गर्ने र स्थानीय क्षेत्रको विकासमा पर्यटनको महत्वलाई नयाँ रुपमा प्रस्तुत गर्ने दावी मन्त्रालयको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति