संसदमै गुञ्जियो बलात्कारीलाई फाँसी दिनुपर्ने यस्तो नारा, बन्ला त कानुन



हाम्रो इकोनोमि

 

देशमा केही समययता बढिरहेका बलात्कारका घटनालाई लिएर सांसदहरुले संसद बैठकमा चर्कोरुपमा कुरा उठाएका छन् । बलात्कार र हत्याका घटना रोक्न अब मृत्युदण्डको विकल्प नरहेको बताउँदै सांसदहरुले तत्काल कानुन निर्माण गर्न सरकारसँग माग गरेका हुन् ।

 

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले फाँसी र मृत्युदण्डको व्यवस्था गर्न माग गरेका हुन् । बैठकको शून्य समयमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका सांसद यज्ञराज सुनुवारले बलात्कारीलाई फाँसी हुनुपर्ने आवाज सडकमा उठिसकेकाले अब सदन पनि गम्भीर हुनुपर्ने बताए ।

 

‘सडकमा बलात्कारीलाई फाँसी दिऊँ भन्ने आवाज उठिसकेको छ, बालिकामाथिको अपराध पनि झन् बढ्दो छ’, सुनुवारले भने, ‘अब त्यसो नगरी हुँदैन, कडा भन्दा कडा सजायको व्यवस्था हुनैपर्छ ।’

 

त्यसैगरी अर्की सांसद मिना सुब्बाले पनि बलात्कारीलाई मृत्युदण्ड नै दिनुपर्ने माग गरिन् । ‘म पनि एउटी आमा हुँ, बालिकामाथि बलात्कारपछि भएको हत्याको घटनाले मेरो मन रोएको छ’, उनले भनिन्, ‘कन्चनपुरमा १३ वर्षीया बालिका बलात्कारपछि हत्या भएको छ, अर्कातिर काभ्रेमा ९ वर्षकी बालिकाको पनि बलात्कारपछि हत्या भएको घटनाले स्तब्ध बनाएको छ ।’

 

त्यसैगरी विशेष समयमा बोल्ने सांसदहरुले पनि बलात्कारका घटना बढ्दै गएको भन्दै दोषी ठहरिएकाहरुलाई मृत्युदण्डसम्मको सजाय दिन माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...

पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दलसहित संयुक्त बैठक

     प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक...