राष्ट्रियसभाका समितिमा रहने सदस्यको नाम लाग्यो टुङ्गो, को सांसद कुन समितिमा ?



हाम्रो इकोनोमि

राष्ट्रियसभा मातहतका चार विषयगत समितिमा रहने सदस्यको नाम लामो समयपछि टुङ्गो लागेको छ ।

राष्ट्रियसभाको बिहिबारको बैठकले अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको समितिमा रहने सांसदको नाम अनुमोदन गरेको थियो । सभाले दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा रहने सदस्यको नाम अनुमोदन गरेको हो ।

दिगो विकास तथा सुशासन समितिमा इन्दु कडरिया, कमलाकुमारी वली, कविता बोगटी, कालीबहादुर मल्ल, खिमकुमार विक, चक्रप्रसाद स्नेही, दीनानाथ शर्मा, प्रमिलाकुमारी, भैरवकुमार श्रेष्ठ, महेशकुमार महरा, मुक्ताकुमारी यादव, रमेशजंग रायमाझी, डा विमला राई र सरिता प्रसाईं रहेका छन् ।

त्यस्तै विधायन व्यवस्थापन समितिमा अनिता देवकोटा, उदया शर्मा पौडेल, जीतेन्द्रनारायण देव, ठगेन्द्रप्रकाश पुरी, नन्दा चपार्इं, परशुराम मेघी गुरुङ, बद्रीप्रसाद पाण्डे, मीना बुढा, युटोल तामाङ, रामलखन चमार, वृषेशचन्द्र लाल, शेरबहादुर कुँवर, सिंहबहादुर विश्वकर्मा र हरिचरण शिवाकोटी सदस्य छन् ।

प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा अगमप्रसाद बान्तवा, चन्द्रबहादुर खड्का, दुर्गाप्रसाद उपाध्याय, नरपति लुवार, नैनकला ओझा, बलरामप्रसाद बाँस्कोटा, राधेश्याम अधिकारी, रामनारायण बिंडारी, विन्दादेवी आले राना, विना पोखरेल, शान्तिकुमारी अधिकारी, सुमनराज प्याकुरेल र हरिराम चौधरी चयन भएका छन् ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भने कोमल ओली, खिमलाल भट्टराई, खेमराज नेपाली, जीवन बुढा, तारादेवी भट्ट, दीपा गुरुङ, दिलकुमारी रावल, धनकुमारी खतिवडा, प्रकाश पन्थ, रमेशप्रसाद यादव, राजकुमार कुँवर, रामचन्द्र राई, रामप्रीत पासवान र सुरेन्द्रराज पाण्डे रहनुभएको छ । राष्ट्रियसभाको अर्को बैठक यही साउन २१ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस
रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...

पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दलसहित संयुक्त बैठक

     प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक...