छ वर्षपछि १०-२० लाख पर्यटक रेलबाटै आउँछन्ः अर्थमन्त्री, ५ बर्षमा नागढुंगा देखि धुलिखेलसम्म रेल रेल चल्ने



हाम्रो इकोनोमि

 

अर्थमन्त्री डा. युवराज खतिवडाले अबको छ वर्षपछि नेपालमा रेलबाट १०-२० लाख पर्यटक नेपाल आउन सक्ने बताएका छन् ।

पर्यटन मन्त्रालयले बिहीबार आयोजना गरेको पर्यटन क्षेत्रको भावी कार्यदिशा सम्बन्धी अन्तक्रियामा उनले पर्यटन पवर्द्धनका लागि छोटा दुरीका रेल्वेबारे अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘३०, ४०, ५० किलोमिटरका रेल्वे स्टेशन बनाउन सकिन्छ,’ उनले भने, ‘जस्तै हामीले नागढुंगा-धुलिखेलको योजना अघि बढाएका छौं ।’

खतिवडाले आगामी १० वर्षमा ५० लाख पर्यटक भित्राउन सकिने बताए । ‘अबको १० वर्षमा ५० लाख पर्यटक ल्याउन गाह्रो छैन तर त्यसका लागि केही काम गर्नुपर्ने छ ।’

त्यसकालागि क्षेत्रिय विमानस्थल बढाउनुपर्ने र फ्लाइट दोब्बर गर्नुपर्ने बताउँदै उनले भने, ‘कम्तिमा एक सय फ्लाइट चाहिने मैले देखेको छु ।’

नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्नुपर्ने र होटेल पनि थप्नुपर्ने बताउँदै उनले होटेल खोल्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...