नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो, आवागमन अबरुद्ध



हाम्रो इकोनोमि

 

नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा खसेको पहिरोले बिहीबार बिहानैदेखि सवारी आवागमन अबरुद्ध भएको छ ।

सडक खण्डको घुमाउने र जलवीरेमा बिहान ४ बजे खसेको पहिरोले सवारी आवागमन प्रभावित भएको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका– २९, घुमाउनेमा ठूलो पहिरो खसेको छ । ठूला ढुंगा सडकमा खसेकाले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ । सडक ठप्प भएपछि दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।

उता, इच्छाकामना गाउँपालिका– ६ को जलवीरे पहिराका कारण एकतर्फी मात्र सवारी साधन सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...