नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो, आवागमन अबरुद्ध



हाम्रो इकोनोमि

 

नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा खसेको पहिरोले बिहीबार बिहानैदेखि सवारी आवागमन अबरुद्ध भएको छ ।

सडक खण्डको घुमाउने र जलवीरेमा बिहान ४ बजे खसेको पहिरोले सवारी आवागमन प्रभावित भएको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका– २९, घुमाउनेमा ठूलो पहिरो खसेको छ । ठूला ढुंगा सडकमा खसेकाले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ । सडक ठप्प भएपछि दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।

उता, इच्छाकामना गाउँपालिका– ६ को जलवीरे पहिराका कारण एकतर्फी मात्र सवारी साधन सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...