मिटर ब्याजको चक्रब्युँहमा सर्वसाधरण, धेरै ब्याजको लोभमा ठगी धन्दा, साँवा गुमेपछि मात्रै उजुरी



 

बेनीमा ठगी गर्नेहरुको एक गिरोहले करोडौं रुपैयाँ डुबाएपछि सर्वसाधारणको बिचल्ली भएको छ । गैरकानूनी मानिएको ‘मिटर ब्याज’ मा कारोबार गर्ने त्यस गिरोहबाट करोडौं रकम डुबेपछि आर्थिक विचलन र समाजमा अपराधको जोखिमसमेत बढेको छ ।

 

सापटी दिएको पैसा वर्षौंसम्म फिर्ता नभएपछि सर्वसाधारण न्यायिक समिति, सामुदायिक प्रहरी र कानून व्यवसायी कहाँ धाउन थालेका छन् । धेरै ब्याज पाउने आशा र मिठो बोलीबाट प्रभावित भएर दिएको पैसा फिर्ता नपाएपछि पीडितहरु उजुरी र गुनासो गर्न आउन थालेका बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले बताउनुभयो ।

 

नगरपालिकाको न्यायिक समितिको संयोजकसमेत रहनुभएकी उपप्रमुख बरुवालले ठगीसम्बन्धी एउटा उजुरी परेको र झण्डै दुई दर्जन पीडित सम्र्पकमा आएको बताउनुभयो । पीडितहरुले दिएको सूचनाका आधारमा करीब तीन करोड रुपैयाँ डुबेको प्रारम्भिक अनुमान गरिएको छ ।

 

“चार-पाँच वर्ष अघिदेखि नै अवैध धन्दा चलेको भन्ने सुनिएको थियो तर, अहिले पीडा लुकाएर बसेकाहरु सम्र्पकमा आउन थालेका छन्,” उपप्रमुख बरुवालले भन्नुभयो । मासिक चर्को ब्याज तिर्नुपर्ने मिटर ब्याजमा गरिएको लगानी उठ्न नसकेपछि लगानीकर्ता संकटमा परेका छन् भने कतिपय सञ्चालक घर छोडेर सम्र्पकविहीन भएका छन् ।

 

मिटर ब्याजको धन्दाले आफन्त, साथीभाइ र परिवारमा विलाप निम्याएको छ । म्याग्दीकी महिला अगुवा विमला गौचनले भन्नुभयो – “भएको घरजग्गा सखाप मात्रै भएको छैन, कतिको त परिवार नै विखण्डनको संघारमा पुगेको छ ।”

 

आपसी समझदारीमा बजारमा चलेको भन्दा बढी ब्याज दिने बहानामा कागज पनि नबनाएका र बैंक-सहकारीमार्फत नभई नगद नै बुझाएकाहरु अप्ठ्यारोमा परेका छन् । मासिक दुईदेखि पाँच प्रतिशत ब्याजदरमा सापटीको रुपमा पहिलो पक्षबाट ऋण लिने मध्यस्थकर्ताको भूमिका खेल्नेले तेस्रो व्यक्तिलाई ऋण दिँदा अग्रीम बीस प्रतिशत रकम कटौती गरिदिने र हरेक महिना पूरै साँवा रकमको दशदेखि २३ प्रतिशतसम्म ब्याज अशुली गर्ने गरेको पाइएको छ ।

 

बैंक, वित्तीय संस्था र सहकारीले भन्दा बढी ब्याज दिने र पाउने प्रलोभनमा परेर धेरैजसो महिलाले रकम डुबाउन पुगेका छन् । कानून व्यवसायी ठहरबहादुर भण्डारीका अनुसार उनीहरुसँग पैसा प्रशस्त हुने गर्छ तर, आर्थिक कारोबारसम्बन्धी ज्ञान शून्य छ । विदेशबाट आएको विप्रेषण, ढुकुटी बुझेर आएको रकम र बैंकमा घरजग्गा धितो राखेर निकालिएको रकम मिटर ब्याजमा लगाउने गरिएको पाइएको छ ।

 

यस्तो अवैध कारोबारको नेतृत्व गर्ने र ठगिनेमा पुरुष भन्दा महिला नै बढी छन् । वैदेशिक रोजगारीमा जाने, जुवातास खेल्ने, जडीबुटी र घरजग्गाको कारोबार गर्नेहरुले मिटर ब्याजमा ऋण लिने गरेका भेटिएको छ । मासिक रुपमा ब्याज र भनेको समयमा ऋण तिर्न नसकेपछि विवाद बढेर लेनदेन मुद्दाको रुपमा प्रहरी र अदालत पुग्ने गरेका छन् ।

 

सहमतिमा ऋण लिने÷दिने गरेर समयमै फिर्ता नपाएपछि ठगी ग¥यो भनेर गुनासो गर्न आउने क्रम बढेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । गैरबैंकिङ क्षेत्रबाट हुने यस्ता आर्थिक कारोबारले सामाजिक र आर्थिक विकृति निम्त्याएको उहाँको निष्कर्ष छ ।

 

लेनदेनको मुद्दा हेर्ने अधिकार अदालतलाई मात्र छ । यस्ता विवादमा न्यायिक समिति, सामुदायिक प्रहरी, प्रहरी र स्थानीय प्रशासनमा सहमतिको प्रयास भएपनि कुरा नमिलेपछि उनीहरुले त्यस्ता मुद्दामा अदालत जान सुझाउने गरेका छन् । चेक र रेमिटमार्फत कारोबार गर्नेले त्यसैलाई आधार बनाएर मुद्दा हाल्ने गरेका छन् ।

 

गत हप्ता जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा ठगी धन्दा गिरोहमा संलग्न एक महिलाले प्रजिअकै कार्यकक्षमा अश्लील र अपशब्द प्रयोग गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक अपराधको मुद्दा चलाएको छ । समाजमा प्रतिष्ठित भनी गनिएका व्यक्तिलाई विश्वास गरेर पैसा सहयोग गरेपनि समयमै फिर्ता नगर्ने, थर्काउने, धम्काउने, तनाव र दुःख दिने गरेको पीडित सुनबहादुर विश्वकर्माले बताउनुभयो ।

 

जिल्ला अदालत म्याग्दीमा आर्थिक वर्ष २०७३७४ मा ४२ वटा लेनदेनसम्बन्धी मुद्दा परेका थिए । त्यसमध्ये २८ वटाको फैसला भयो । आव २०७४७५ मा लेनदेनसम्बन्धी ४६ वटा मुद्दा परेकामा ३६ वटाको फैसला भयो ।

 

बढी ब्याज पाउने लोभमा मिटर ब्याजमा लगानी गर्ने प्रवृत्ति बढ्दा बैंक, वित्तीय र सहकारी संस्थाको निक्षेप संकलनमा असर पर्ने गरेको छ । यसैगरी, कर्जा लिएर मिटर ब्याजमा लगाउनेहरुले समयमै ब्याज र किस्ता तिर्न नसक्दा पनि बैंकिङ क्षेत्रको कारोबारमा असर गर्छ ।

 

मिटर ब्याजमा लगानी गरेको पैसा फिर्ता नआएपछि श्रीमान्श्रीमतीबीच विवाद उत्पन्न भई सम्बन्ध विच्छेदसम्मको रुप लिएको उदाहरणहरु रहेको कानून व्यवसायी भण्डारीले बताउनुभयो । परिवारमा एकजनाले गरेको लगानी फसेपछि ऋण तिर्न र मुद्दाबाट जोगिन व्यवहारमा सँगै बसे पनि कानूनी हिसाबले सम्बन्ध विच्छेद गर्नेहरु पनि भेटिएका छन् ।

 

बढ्दो आर्थिक विसंगति र विचलनको समस्या न्यून गर्न समुदायमा आर्थिक कारोबारसम्बन्धी कानूनी सचेतना जरुरी छ । यस अतिरिक्त बैंक तथा वित्तीय संस्थाको पहुँच वृद्धि गर्नुपर्ने, बैंकबाट प्रदत्त सेवा सुविधाबारे जानकारी दिनुपर्ने र बैंकमार्फत कारोबार गर्न प्रोत्साहन गर्नुपर्ने कानून व्यवसायी भण्डारीको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति