संसदीय सुनुवाई समितिको बैठक बस्यो, दौडधुपले थाके दुबै पक्ष



हाम्रो इकोनोमि

 

संवैधानिक परिषदले प्रधानन्यायधीश सिफारिस गरेको दीपकराज जोशीको अनुमोदनबारे निर्णय गर्न संसदीय बिशेष सुनुवाई समितिको बैठक सिंहदरबारमा बसेको छ । यो बैठक निर्णायक भनिएको छ । यसअघि बैठक चार पटक सारिएको थियो ।

 

जोशीको सुनुवाई भित्रि र बाहिरी दुबै रुपमा निर्णयक मोडमा पुगेको छ । बैठकअघि सत्ताधारी नेकपाका सांसद तथा संसदीय सुनुवाई समितिमा रहेका सदस्यहरुले आन्तरिक छलफल गरे । जसको सहजिकरण संसदीय दलको उपनेता ा सुवास नेम्वाङले गरे । जहाँ पूर्व एमाले प्रमुख सचेतक भानुभक्त ढकाल समेत सामेल भए ।

 

छलफलपछि उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगे । सत्तापक्ष मात्रै नभई प्रतिपक्षले समेत छलफल गरेको छ । उनीहरुले आफ्ना रणनीति तय गरेका छन् । नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसी र महासचिव खम्म बहादुर खाती समेत कांग्रेस शेरबहादुर देउवासँग कुरा गर्न पुगे । वुधबार दुबै पक्षले थाक्ने गरेर निकै दौडधुप गरे ।

 

प्रधानमन्त्री ओलीले प्रस्ताविकत प्रधानन्यायाधीश जोशीसँग यो बिचमा पटक–पटक कुरा गरेका छन् । संसदीय सुनुवाई समितिमा रहेका सत्तापक्षीय बहुमत सदस्य जोशीलाई अनुमोदन नगर्ने रणनीतिमा छन् । विपक्षीले जोशीकै पक्षमा निर्णय गर्नको लागि दबाब दिएको बताइँदै छ । गएको विहिबार संसदीय सुनुवाई सकिएको भएपनि निर्णय अझै नसुनाईएको भन्दै संसदीय समितिको औचित्यमाथि नै प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...