संसदीय सुनुवाई समितिको बैठक बस्यो, दौडधुपले थाके दुबै पक्ष



 

संवैधानिक परिषदले प्रधानन्यायधीश सिफारिस गरेको दीपकराज जोशीको अनुमोदनबारे निर्णय गर्न संसदीय बिशेष सुनुवाई समितिको बैठक सिंहदरबारमा बसेको छ । यो बैठक निर्णायक भनिएको छ । यसअघि बैठक चार पटक सारिएको थियो ।

 

जोशीको सुनुवाई भित्रि र बाहिरी दुबै रुपमा निर्णयक मोडमा पुगेको छ । बैठकअघि सत्ताधारी नेकपाका सांसद तथा संसदीय सुनुवाई समितिमा रहेका सदस्यहरुले आन्तरिक छलफल गरे । जसको सहजिकरण संसदीय दलको उपनेता ा सुवास नेम्वाङले गरे । जहाँ पूर्व एमाले प्रमुख सचेतक भानुभक्त ढकाल समेत सामेल भए ।

 

छलफलपछि उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगे । सत्तापक्ष मात्रै नभई प्रतिपक्षले समेत छलफल गरेको छ । उनीहरुले आफ्ना रणनीति तय गरेका छन् । नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसी र महासचिव खम्म बहादुर खाती समेत कांग्रेस शेरबहादुर देउवासँग कुरा गर्न पुगे । वुधबार दुबै पक्षले थाक्ने गरेर निकै दौडधुप गरे ।

 

प्रधानमन्त्री ओलीले प्रस्ताविकत प्रधानन्यायाधीश जोशीसँग यो बिचमा पटक–पटक कुरा गरेका छन् । संसदीय सुनुवाई समितिमा रहेका सत्तापक्षीय बहुमत सदस्य जोशीलाई अनुमोदन नगर्ने रणनीतिमा छन् । विपक्षीले जोशीकै पक्षमा निर्णय गर्नको लागि दबाब दिएको बताइँदै छ । गएको विहिबार संसदीय सुनुवाई सकिएको भएपनि निर्णय अझै नसुनाईएको भन्दै संसदीय समितिको औचित्यमाथि नै प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति