प्रधानमन्त्रीद्वारा मन्त्री महासेठलाई चेतावनी, अटेर गरे र्बखास्त गर्ने तयारी



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओली वर्तमान मन्त्रीहरूको कार्यशैली असन्तुष्ट बन्न थालेका छन् । केही मन्त्रीको नाम निशाना नै हराउन थालेको र केही आर्थिक लाभमा लाग्न थालेपछि प्रधानमन्त्री ओली मन्त्रीहरूसंग आक्रोशित भएको प्रधानमन्त्री निवास बालुवाटार स्रोत बताउछ ।

 

स्रोतका अनुसार, अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, वन मन्त्री शक्ति बस्नेत, कृषि मन्त्री चक्रपाणि खनाल, उद्योग, आपूर्ति तथा बाणिज्य मन्त्री मातृका यादव र श्रममन्त्री गोकर्ण विष्टले अपेक्षित काम गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट बनेका हुन् । जनताको दैनिक जीवन, चुलोचौकासम्मको सम्बन्ध जोडिएका यी मन्त्रालयले अहिलेसम्म एउटा पनि प्रभावकारी काम देखाउन सकेका छैनन् ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्री बन्नसाथ २०७५ जेठ १५ गतेपछि कुनै पनि सडक र राजमार्गमा खाल्टाखुल्टी देखिने छैनन् भनेर भाषण ठोकेका थिए ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको भाषणलाई कार्यान्वयन गर्ने नाममा सम्बन्धित डिभिजिन इन्जिनियरहरूले सडक टालटुलका नाममा कति  करोड स्वाहा पारे ? त्यो थाहा नभएतापनि २०७५ जेठ १५ गतेपछि खाल्टालुल्डी नभएका सडकहरू पनि नेपालमा छन् र भन्ने अवस्था उत्पन्न भएको छ । काठमाडौं उपत्यकामा खाल्टाखुल्टी नभएको सडक फेला सपनामा पनि पर्ने अवस्था छैन ।

 

वैदेशिक रोजगारीमा जानेहरूमाथि हुने ठगी रोक्न मन्त्री विष्टले पनि खासै काम गर्न सकेका छैनन् । मलेशिया जान लागेका कामदार रोक्ने बाहेक नयाँ कामको कुनै रिजल्ट देख्न सकिएको छैन । मन्त्री मातृका यादवले बजार अनुगमनलाई किन निरन्तरता दिएनन् ? आम उपभोक्ताको दैनिक जीवनसंग सरोकार  रहेको बजार अनुगमन के कति कारणले हुन र गर्न सकेनन् चर्चा प्रश्न खडा भएको छ ।

 

तर, प्रधानमन्त्री ओली अहिले सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसंग रुष्ट भएको प्रधानमन्त्री निवास बालुवाटार स्रोत बताउछ । सिन्डिकेट हटाउने निर्णयले किन तिब्रता पाएन, कि मन्त्री महासेठको भूमिका नकारात्मक भएर सिण्डिकेट अलमलमा प¥यो ? यातायात व्यावसायीको पक्षमा लागेर मन्त्री महासेठले अडान राख्न थालेपछि प्रधानमन्त्री ओली र गुह मन्त्री रामबहादुर थापा आक्रोशित भएको स्रोत बताउछ । गृह मन्त्रालय सिन्डिकेट हटाउनै पर्ने लाइनमा छन ।

 

त्यसमा मन्त्री रामबहादुर थापा वादल र सचिव प्रेमबहादुर राईको लाइन मिले पनि भौतिक योजना मन्त्री महासेठले अवरोधक गरेपछि २०७५ साउनदेखि कम्पनीमा दर्ता हुनुपर्ने यातायात व्यवसायीहरू अटेर गरेर बसेका छन् । आउँदो २०७५ पुससम्म म्याद बढाउन मन्त्री महासेठ लागेका छन् ।

 

मन्त्री महासेठ र उनकी श्रीमती जुली महत्तोलाई प्रधानमन्त्री निवास मै बोलाएर असन्तुष्टि जनाएको स्रोत बताउछ । जुली महतोले निवासमै बोलाएर, इन्जिनियर, ठेकेदार र व्यवसायीयसंग वार्गेनिङ गर्ने गरेको आरोप छ । ‘‘अझै केही समय तपाईको व्यवहार हेरिन्छ अनि पनि भएन भने राम्रो हुँदैन’’ भन्दै प्रधानमन्त्री ओलीले मन्त्री महासेठलाई चेतावनी दिएको स्रोत बताउछ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...