सुनुवाइ समितिका सदस्यलाई पेस्तोल ताकेपछि, यस्तो भो बबाल



हाम्रो इकोनोमि

 

प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको सुनुवाई गरिरहेको संसदीय सुनुवाई समितिकी एक सदस्य निरुदेवी पाललाई सोमबार बेलुका नयाँ बानेश्वरमा समितिको बैठकमा नजान दबाब दिँदै अज्ञात व्यक्तिले पेस्तोल तेर्स्याएपछि सबै सदस्यहरुलाई मंगलबार निजी सुरक्षा अधिकारी (पीएसओ) पठाइएको छ।

 

पाल दूध किन्न सोमबार बेलुका ८ बजेतिर घरबाहिर निस्केका बेला उनलाई अज्ञात व्यक्तिले बैठकमा नजान दबाब दिँँदै पेस्तोल तेर्स्याएको स्रोतले जानकारी दिएको छ।

 

पालले सुरक्षा खतराबारे समितिका अध्यक्ष लक्ष्मणलाल कर्णलाई जानकारी गराएपछि उनले सभामुखलाई जानकारी गराएको स्रोतले देशसञ्चारलाई जानकारी दियो। ती पेस्तोलधारीले आफ्नो मोबाइलसमेत लुटेर लगेको पालले जानकारी गराएकी थिइन्।

 

सभामुखले यसबारे गृहमन्त्रीलाई जानकारी गराएपछि उनले सुनुवाई समितिका सबै १५ सदस्यहरुलाई पीएसओ पठाउन निर्देशन दिएका थिए।

 

यसअघि नै पीएसओ लिइरहेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका अतिरिक्त अन्य सदस्यहरुले पीएसओ लिन सुरु गरेको जानकारी नेकपाका नेता तथा सुनुवाई समितिका सदस्य योगेश भट्टराईले देशसञ्चारलाई दिए।

‘मेरो पीएसओ आज बिहान (बुधबार) आइपुगेका छन्,’ उनले जानकारी दिए।देश सञ्चारले जनाएको छ ।

सुनुवाई समितिको बुधबार साढे तीनबजेका लागि निर्धारित बैठक एक घन्टापछि साढे चार बजे बल्ल सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस
सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...

पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...