जोशीलाई राजीनामा दिन प्रधानमन्त्रीको आग्रह, नदिए संसदीय समितिबाट अस्वीकार गरिने



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई राजीनामा दिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा प्रधानमन्त्री ओलीले शैक्षिक योग्यताको प्रमाण पत्रलगायतका विषयमा विवादमा मुछिएकाले राजीनामा दिएर सुरक्षित अवतरण खोज्न जोशीलाई सुझाएका हुन् ।

 

सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहेका ओलीले जोशीले राजीनामा नदिए संसदीय सुनुवाई समितिमा रहेका नेकपा र सत्तारुढ दल संघीय समाजवादी फोरमका सांसदलाई जोशीको नाम अस्वीकार गर्न निर्देशन दिइसकेका छन् । यसबारे जोशीलाई पनि जानकारी गराइएको संसदीय सुनुवाई समितिमा रहेका नेकपाका एक नेताले जानकारी दिए ।

 

पन्ध्र सदस्यीय समितिमा नेकपाका नौ, अर्को सत्तारुढ दल फोरमका एक, सरकारलाई समर्थन गरेको राजपाका एक र कांग्रेसका चार सदस्य छन् । समितिमा सरकारमा रहेका नेकपा र फोरमका गरी दश सदस्य छन् । यो संख्या दुई तिहाई भएकाले जोशीको नाम अस्वीकार गर्न सरकारलाई सजिलो छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...