विद्यासुन्दरको कामप्रति प्रधानमन्त्री नै असन्तुष्ट, बालुवाटार बेलाएर यसरी हप्काए, अनि भने यहि हो एक वर्षको काम



 

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको कामप्रति असन्तुष्टि जनाएका छन् ।

 

महानगरको काम राम्रो गर्न नसक्दा सिंगो सरकार र पार्टीलाई पनि असर पर्ने भन्दै ओलीले शाक्यलाई देखिने गरी काम गर्न निर्देशन दिएका छन् । स्रोतका अनुसार ओलीले शाक्यलाई प्रधानमन्त्री निवास वालुवाटरमै बोलाएर एक वर्षमा काठमाडौं महानगरपालिकाले गरेको कामको विवरण मागेका थिए ।

 

काठमाडौंका सडकको दूरावस्था र धुँवाधूलो नियन्त्रण गर्नेतर्फ परिणामुखी काम हुन नसकेकोमा प्रधानमन्त्री असन्तुष्ट छन् । शाक्यका कामप्रति असन्तुष्टि जनाउँदै सुधारका साथ अघि बढ्न निर्देशन दिएको स्रोतले जनाएको छ ।

 

शाक्यले भने काम गर्न खोज्दा विभिन्न ठाउँबाट अवरोध आइरहेको र नभएका कामको मात्र प्रचार हुने गरेको स्पष्टिकरण दिएका छन् । केन्द्र सरकार र प्रदेश सरकारले गर्नुपर्ने काम नभएको दोष पनि आफूले बोक्नु परेको मेयर शाक्यको गुनासो छ ।

 

मिडिया आफूप्रति नकारात्मक रहेको भन्दै महानगरले एक वर्षमा स्थानीय जनताको पक्षमा धेरै काम गरेको बताएका छन् । शाक्यले आफ्नो विरोध र आलोचना काठमाडौंका स्थानीय वासिन्दाभन्दा पनि बाहिरबाट आएर बसेकाहरुले सामाजिक सञ्जालबाट गर्ने गरको बताउँदै आएका छन् ।

 

महानगरको जिम्मेवारीमा नपर्ने राष्ट्रिय सडकहरुको दूरावस्थाको जिम्मेवार पनि आफूलाई देखाउने गरिएको गुनासो शाक्यको छ । सडकको धूलो सफा गर्न दुई वटा बुमर ल्याइइएको उनले बताए ।

 

प्रधानमन्त्री ओलीले भने काठमाडौं महानगरको नेतृत्वले राम्रो काम गर्न नसक्दा त्यसको क्षति सरकार र पार्टीले पनि भोग्नुपर्ने भन्दै शाक्यलाई विज्ञ र सल्लाहकारहरुको टिम बनाएर काम गर्न सुझाएका छन् ।

 

प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले काठमाडौंका मेयरसँग प्रधानमन्त्रीले राजधानीको समग्र विकास र सडक पूर्वाधारको अवस्थाबारे छलफल गरेको बताए । प्रधानमन्त्रीले यसै साता नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जुुसँग पनि छलफल गरेका थिए ।

 

प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘काठमाडौंका मेयर शाक्य खराब मान्छे होइनन् । तर, काठमाडौं महानगर हाँक्न जुन गतिशीलता हुनु पर्ने हो, त्यो चाहिँ नभएकै हो । हिजो चुनाव जित्ने व्यक्ति खोज्दा स्थानीय पार्टीले उनलाई अघि सार्‍यो । आज कर्मचारीतन्त्र, उपमेयर र आफ्नै पार्टीका वडाध्यक्षहरुको समेत असहयोग झेल्नु पर्दा उनी अलमलिए । प्रधानमन्त्रीले फटाफट काम गर्नुस्, केही परे म छु भनेर पठाउनु भएको छ ।’

 

स्रोतका अनुसार शाक्यलाई सघाउन र महानगरको काम जनताले महसुस गर्ने खालको बनाउन सम्बन्धित विषयका विज्ञहरुको प्रभावकारी सल्लाहकार संयन्त्र बनाउने तयारी समेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति