सार्वजनिक भएको २४ घन्टामा फिल्म छक्का पन्जा ३ को गीतले ८ लाख भन्दा बढी भ्यूज



हाम्रो इकोनोमि

सार्वजनिक भएको २४ घन्टामा फिल्म छक्का पन्जा ३ को गीतले ८ लाख भन्दा बढी भ्यूज पाएको छ ।

यो फिल्म सत्रु गतेको रुपै मोहनी बोलको गीतको भ्यूज भन्दा थोरैले कम हो । तर, दर्शकले यो गीतलाई अत्याधिक रुचाएको भने पक्का हो ।

निर्माता दिपकराज गिरीले फिल्मको यो गीतलाई आफूहरुले कत्ती पनि बुष्ट नगरेको र यो अर्गानिक भ्यूज भएको बताएका छन् ।

पहिलो नम्बरमा बोलको गीतलाई दर्शकले उत्कृष्ट कमेन्ट पनि गरेका छन् ।

फिल्मको गीतले उत्कृष्ट कमेन्ट पाएपछि यसका निर्माता खुशी भएका छन् । फिल्मको प्रदर्शन मिति भने फाइनल भएको छैन ।

दशैमा रिलिज हुने भनिएतापनि अहिलेसम्म कुन दिनबाट फिल्म रिलिज हुन्छ फाइनल छैन ।

फिल्मको गीतले यति राम्रो भ्यूज पाउनुमा छक्का पन्जाको नामको ब्रान्ड, कलाकारको उपस्थिती र गीतसंगीतलाई मान्न सकिन्छ ।

दिपाश्री निरौला निर्देशित यो फिल्मको गीतमा दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, वुद्दि तामाङ, स्वस्तिमा खड्का, संजोग कोइरालालाई देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...