सार्वजनिक भएको २४ घन्टामा फिल्म छक्का पन्जा ३ को गीतले ८ लाख भन्दा बढी भ्यूज



हाम्रो इकोनोमि

सार्वजनिक भएको २४ घन्टामा फिल्म छक्का पन्जा ३ को गीतले ८ लाख भन्दा बढी भ्यूज पाएको छ ।

यो फिल्म सत्रु गतेको रुपै मोहनी बोलको गीतको भ्यूज भन्दा थोरैले कम हो । तर, दर्शकले यो गीतलाई अत्याधिक रुचाएको भने पक्का हो ।

निर्माता दिपकराज गिरीले फिल्मको यो गीतलाई आफूहरुले कत्ती पनि बुष्ट नगरेको र यो अर्गानिक भ्यूज भएको बताएका छन् ।

पहिलो नम्बरमा बोलको गीतलाई दर्शकले उत्कृष्ट कमेन्ट पनि गरेका छन् ।

फिल्मको गीतले उत्कृष्ट कमेन्ट पाएपछि यसका निर्माता खुशी भएका छन् । फिल्मको प्रदर्शन मिति भने फाइनल भएको छैन ।

दशैमा रिलिज हुने भनिएतापनि अहिलेसम्म कुन दिनबाट फिल्म रिलिज हुन्छ फाइनल छैन ।

फिल्मको गीतले यति राम्रो भ्यूज पाउनुमा छक्का पन्जाको नामको ब्रान्ड, कलाकारको उपस्थिती र गीतसंगीतलाई मान्न सकिन्छ ।

दिपाश्री निरौला निर्देशित यो फिल्मको गीतमा दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, वुद्दि तामाङ, स्वस्तिमा खड्का, संजोग कोइरालालाई देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...