आज हुने अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेटमा नेपालले नेदरल्यान्डलाई जित्ने पक्का



हाम्रो इकोनोमि

 

नेपालले आज ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को तालिका अनुसार नेदरल्यान्डविरुद्ध तय भएको २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेल खेल्दैछ । खेल एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउसो २ः४० बजेपछि शुरु हुनेछ ।

 

आज हुने नेपाल र नेदरल्यान्डबीचको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमात्र नभएर नेपालको लागि इतिहास पनि हो । त्यही इतिहासलाई सुखद बनाउने लक्ष्यमा नेपाली क्रिकेट टिम रहेको छ । यही महत्वपूर्ण र ऐतिहासिक खेलका लागि नेपाली क्रिकेट टिमले लन्डनमा चार अभ्यास खेल र नेदरल्यान्ड्स र एमसीसीसँग त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज खेलेको थियो । यद्दपि वर्षाका कारण त्रिकोणात्मक सिरिजको अन्तिम नेपाल र नेदरल्यान्ड्सबीचको खेल रद्ध भएको थियो ।

नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), सुवास खकुरेल, शरद भेषवाकर, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, करण केसी, ललित भण्डारी ललित नारायण राजवंशी, आरिफ शेख, रोहित कुमार पौडेल, सन्दीप लामिछाने र सोमपाल कामी ।

 

ऐतिहासिक खेलमै नेपाल जितको खोजीमा हुनेछ । इंग्ल्यान्ड भ्रमणमा निस्कनुअघि नेपाल िटिमका कप्तान पारस खड्काले ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सबै खेलाडी उत्सुक रहेको बताएका थिए । ‘सबैको चाहना थियो कि नेपाली क्रिकेट यो स्थानमा पुगोस् । नेदरल्यान्डसँग पहिलो एक दिवसीय खेल खेल्दैछौं । धेरै खुशी छौं । जितेर नै सुरुवात गर्ने सक्दो प्रयास गर्नेछौं ।’

 

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले इंग्ल्यान्ड प्रस्थान गर्नुअघि नेपाली क्रिकेट ऐतिहासिक क्षण नजिक रहेको र राम्रो क्रिकेट खेल्ने बताएका थिए । प्रशिक्षक टमाटाले जितबाट नै ऐतिहासिक यात्रा तय गर्नेसमेत बताएका थिए । नेपाल र नेदरल्यान्ड अहिलेसम्म पाँच पटक आमने समाने भएका छन् । जसमध्ये नेदरल्यान्डले तीन तथा नेपालले दुई खेल आफ्नो पक्षमा पारेको छ ।

 

२०१४ को विश्वकप छनोटमा नेपाल नेदरल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । २०१५ मा आइसीसी विश्व क्रिकेट लिगमा नेपाल २ विकेटले विजय भएको थियो । २०१६ मा विश्व क्रिकेट लिग च्याम्पियसिपमा पहिलो खेलमा नेदरल्यान्ड ७ विकेटले विजयी हुदा दोस्रो खेलमा नेपाल १९ रनले विजयी भएको थियो । पछिल्लो पटक २०१८ मार्चमा भएको विश्वकप छनोटमा नेपाल ४५ नले पराजित भएको थियो । यस्ता अवस्थामा नेपाल र नेदरल्यान्डबीचको खेल प्रतस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ ।

 

१९८८ मा आईसीसीको सदस्य बनेको नेपालले १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो । २०१८ मार्चमा नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यो नेपाली क्रिकेटको अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो । २००८ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ बाट शुरु भएको यात्रामा आठ वर्षपछि नेपालले महत्वपूर्ण फड्का मारेको हो ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...