ओलीलाई बोली र गोली मात्र नचलाउन काँग्रेसले दियो चेतावनी



 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खांणले सरकारले तानाशाहि शैली लाद्न चाहेको भन्दै प्रधानमन्त्री केपी ओलीको दीयो छिट्टै निभ्ने दाबि गरेका छन्। सरकार बनेपछि जनताले निकै दुख पाएको भन्दै उनले ओली सरकार आएपछि बोली र गोली बाहेक अरु सबै महंगो भएको टीप्पणी गरे ।

 

नेपाली कांग्रेस रुपन्देहीले भैरहवाको मिलनचोकमा गरेको बिरोधसभामा बोल्दै उनले जनतामाथि निरंकुशता लाद्न खोज्ने ओलीको हालत राणा,राजाकै हुने दाबि गरे ।

 

संसदीय दलको प्रमुख सचेतक समेत रहेका खांणले प्रधानमन्त्री ओलीलाई जथाभावी नबोल्न,महंगी नियन्त्रण गर्न,अघिल्लो सरकारका निर्णय नउल्टाउन, जथाभाबि निर्णय नगर्न र दम्भ नपाल्न आग्रह गरे।

 

‘सरकारले डा. गोबिन्द केसी अनसनमा बस्दा जुम्लामा अस्पतालमा गोली चलाउने, चितवनमा ईरिक्सा चालक मजदुरमाथी गोली ठोक्ने,यो ठिक होइन जनताले पटक्कै रुचाएका छैनन ।’ उनले भने ।

 

खांणले भने—‘कम्युनिष्ट सरकार मजदुर, महिला, बालबालिका, किसान र ब्यबसायी बिरोधी देखिएको छ,सच्चिने भए सच्चिनुस् नत्र जनताले तह लगाउनेछन् ।’

प्रधानमन्त्री ओली जनताको मालिक बन्न खोजेको भन्दै खांणले उनलाइ जनताको सेवक बन्न सुझाब समेत दिए ।

 

मकै भट्ट खाएझै दबाइ खाने ओली 
खांणले भने ‘ मकै भट्ट खाएझै दिनको चार पटक दबाइ खाइरहेका ओलीलाइ यहाभन्दा धेरै टीप्पणी गर्न चाहन्न, सिंगापुर, बैंकक, हङकङका औषधिले बर्बराउन हालेको होला, छिटो स्वास्थ्य लाभ होस् । ’

कम्युनिष्टहरुले चुनाबका बेला जनतालाइ झुक्काएर अहिले पद पाएको टीप्पणी गर्दै अब जनता कहिलेपनि नझुक्कीने दाबि गरे ।

 

प्रतिनिधि सभाका सदस्य भरतकुमार शाहले सरकारको दिनगन्ती शुरु भएको बताए । उनले संसारका कुनै देशमा सरकारले जनतालाइ यति धेरै दुख नदिएको स्मरण गर्दै उनले करबृद्धि नगर्न समेत अपील गरे ।

 

देउवा सरकारले गराएको निर्बाचनबाट प्रधानमन्त्री बनेका ओली पनि बदर प्रदेशसभा ५ का सदस्य रमा अर्यालले महिला माथि जथाभाबि बोल्ने,जनतालाइ दास जस्तो ब्यबहार गर्ने काम बन्द गर्न चेताबनी दिइन् ।
उनले देउवा सरकारका सबै निर्णय उल्टाउने भए उनैले गराएको निर्बाचनबाट निर्बाचित प्रधानमन्त्री पनि बदर हुनुपर्ने तर्क गरिन् ।

 

कांग्रेस रुपन्देही सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाक,जिल्ला उपसभापति फडिन्द्र शर्मा,सचिब रामकृष्ण खांण लगायतले सरकारलाइ संबिधानको मर्म अनुसार चल्न आग्रह गरे । झरीकाबीच पनि कांग्रेसले कार्यकर्ता सडकमा उत्रेका थिए ।

कांग्रेसले विरोध प्रदर्शनका क्रममा ओली सरकारको राज्य आतंक बन्द गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति