बाबुले गरे १७ वर्षीय छोराको हत्या, भाग्न खोज्दा प्रहरी फन्दामा



हाम्रो इकोनोमि

 

बाबु–आमाका लागि आफ्ना सन्तान निकै नै प्रिय हुन्छन् । छोरा–छोरीका खुसीका लागि बाबु–आमा जस्तो सुकै दुःख–कष्ट झेल्न पनि तयार हुन्छन् ।

 

तर सबै बाबु–आमाको हकमा यो कुरा लागू हुँदोरहेनछ । कतिपय बाबुआमा आफैंले संसार देखाएको सन्तानको ज्यान लिनसमेत पछि नपर्ने रहेछन् ।

 

भक्तपुरमा एक यस्तै निर्दयी बाबु भेटिएका छन् जसले घरायसी विवादमा आफूसँगै सुतेका १७ वर्षीय छोराको क्रूर हत्या गरेका छन् ।

 

मोरङ सुनवर्षा नगरपालिका स्थायी घर भई भक्तपुरको लोकन्थलीमा बस्दै आएका ४० वर्षीय शिवप्रसाद पौडेलले १७ वर्षीय छोरा सागरको हत्या गरेका हुन् ।

 

महानगरीय प्रहरी परिसर, भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले दाउले घाँटीमा प्रहार गरेर आफूसँगै सुतेका डिल्लीरामले छोराको हत्या गरेको जानकारी दिए ।

छोराको हत्या गरी भाग्दै गरेका चापागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रारम्भिक अनुसन्धानका क्रममा डिल्लीरामले घरायसी विवादका कारण आफूले छोराको हत्या गरेको स्वीकारेको सूचना अधिकृत प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...