१०१ जना सवार विमान मेक्सिकोमा दुर्घटना, ८५ जना यात्रु घाइते, २ को अवस्था गम्भीर



हाम्रो इकोनोमि

 

मेक्सिकोमा १०१ जना सवार विमान दुर्घटनामा परेको छ । मेक्सिकोको दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ उडेको विमान दुर्घटना भए पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ ।

 

उडेको ५ मिनेटमै दुर्घटनामा परेको विमानका ८५ जना यात्रु घाइते भएको जनाइएको छ । घाइतेमध्ये २ को अवस्था गम्भीर छ ।

 

विमानमा ९७ यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए ।

 

दुरंगो राज्यका गभर्नर जोसे एस्पुरोले एक ट्वीट गर्दै मानवीय क्षति नभएको जनाएका छन् । बीबीसीका अनुसार उनले ८५ घाइतेमध्ये २ को अवस्था गम्भीर रहेको बताएका छन् ।
विमान उडेको केही समयपछि नै विमानस्थलभन्दा १० किलोमिटर पर दुर्घटना भएको थियो ।

 

विमानस्थलका अपरेटरले खराब मौसमका कारण विमान दुर्घटना बताएका छन् । मौसम खराब भएपछि विमान घाँसे मैदानमा अवतरण गराइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...