कर्मचारीलाई गृहमन्त्री  बादलले भने काममा ढिलासुस्ती यसरी भाच्छु ढाँड



 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय र अन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कार्यसम्पादनमा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् ।

 

‘प्राविधिक कारणले केही बुँदामा ढिलासुस्ती भएको भए केही छैन,’ गृहमन्त्री थापाले भने ‘अन्यथा जानाजान ढिलासुस्ती गरिएको हो भने त्यो मान्य हुनेछैन ।’

 

चार महिनाअघि सार्वजनिक गरेको ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजनाबारे मंगलबार गृह मन्त्रालयमा आयोजित समीक्षा बैठकमा गृहमन्त्री थापाले कार्ययोजनाको कार्यान्वयन सन्तोषजन रहेपनि अझै गति बढाउन आवश्यक रहेको बताएका छन् ।

 

उनले मन्त्रालयले दिएको जिम्मेवारीअनुसार शान्ति, सुरक्षा, सुव्यवस्था र सशासनका लागि प्रतिबद्ध भएर काम गर्न मातहतका निकायहरुलई निर्देशन दिए ।
‘अहिले हामी सक्रिय भएपछि अपराधीहरु निष्कृय जस्तो देखिएका छन्, मौका मिल्ने बित्तिकै उनिहरु फेरि सक्रिय हुन्छन्,’ उनले भने, ‘त्यसैले उनीहरुको सञ्जाल तोडिनेगरी काम गर्नुहोस् ।’

 

उनले यो अवधिमा यातायात क्षेत्रको सिण्डिकेट अन्त्य, सुन तस्करी लगायतका क्षेत्रमा बेथिति अन्य गर्न सफलता मिलेको भन्दै यसका लागि मातहतका कर्मचारी र प्रहरीहरुलाई धन्यवाद दिए ।

 

कार्यक्रममा गृह मन्त्रालयमा सचिव प्रेमकुमार राईले आर्थिक मितव्ययिता कायम गर्न आग्रह गर्दै काम गर्न आवश्यक स्रोत र साधनको भने कमी हुन नदिईने स्ष्पट पारे ।

 

बैठकमा गृह मन्त्रालय अन्तर्गतका महाशाखा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभागले ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना अनुरुप आफूहरुले हालसम्म गरेका कामकारवहीको विवरण प्रस्तुत गरेका थिए ।

 

८२ बुँदे मध्ये ७२ ओटा बुँदा केही कार्यान्वयनमा आईसकेको, केही कार्यान्वयनको प्रक्रियामा रहेको तथा १० बुँदा भने अझै काम सुरु नभएको विवरण बैठकमा प्रस्तुत गरीएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति