प्रस्तावित प्रधानन्यायाधीशको राजीनामा मागे प्रधानमन्त्रीले !



हाम्रो इकोनोमि

 

सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि प्रस्तावित दीपकराज जोशीको सुनुवाईबारे विभिन्न चर्चाहरु भईरहेका बेला फेरि अर्को विषयले प्रवेश पाएको छ ।

 

पटक–पटक सर्दै आएको संसदीय सुनुवाई विशेष समितिको बैठक बुधबार डाकिएको छ । यद्यपि, संसदीय सुनुवाई समितिको निर्णय आउनु अघि नै प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई राजीनामा गर्न लगाउने हल्ला सुरु भएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास पात्रमार्फत राजीनामाका लागि दबाब दिएको कुरा बाहिर आएको छ । तर, त्यो कुरा प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीको निजी सचिवालय मान्न तयार छैन ।

 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले त्यस्तो कुरा आफुलाई थाहा नभएको बताए । उनले भने, ‘यो प्रधानमन्त्रीसँग जोडिएको विषय होईन । संसदीय सुनुवाई समितिको अधिकार क्षेत्रको कुरा हो । यसमा संसदीय सुनुवाई समिति अलावा कसैको कुरा लागू हुँदैन ।’ समितिको निर्णय आउनु अघि कुनै नयाँ कुरा सुनिए के भन्ने ? जवाफमा उनले भने, ‘संसदीय सुनुवाई समितिको बैठक डाकिएको छ । उसको निर्णय नआई कसरी नयाँ कुरा सुन्न पाईएला र ?’

 

प्रधानमन्त्रीका अर्का प्रेस सहयोगि चेतनअधिकारीले समेत त्यही कुरा बोले । उनले पनि यो विषय संसदीय सुनुवाई समितिसँग सम्बन्धित छ, भने । संसदीय सुनुवाई विशेष समितिको सभापत्वि गरिरहेका राजपा सांसद लक्ष्मणलाल कर्णले समितिको बैठक बस्नेबारे आफुलाई थाहा भएको र कसले के गर्दैछ अथवा के भन्दैछ भन्नेबारे थाहा नभएको बताए । उनले भने, ‘बाटोमा कसले के कुरा भन्छ ? त्यो सबैको जवाफ दिनै पर्छ र ?’

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...