सडक आन्दोलन चर्काएर कांग्रेसले गर्दैछ कुर्चीतिर ध्यान , झन्डै लिएनन् मेयर निमफुञ्जोको ज्यान



हाम्रो इकोनोमि

 

प्रतिपक्ष दल नेपाली काँग्रेसले मेयरमाथि नै आक्रमणको प्रयास गरेको छ । आज सरकारविरुद्ध देशैभर विरोध प्रदर्शनका लागि सदरमुकाम हिँडेका कांग्रेस कार्यकर्ताले बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पामाथि आक्रमण प्रयास गरेका हुन् ।

 

काठमाडौंबाट बाह्रविसे जाँदै गरेका शेर्पालाई जुरेपहिरो गएको स्थानमा जुलुशमा हिँडेका कांग्रेस कार्यकर्ताले आक्रमण प्रयास गरेका हुन् ।

 

पहिरोमा फसेको गाडी पार गराउने विषयमा कांग्रेस कार्यकर्ता र मेयरबीच सामान्य भनाभन भएपछि कांग्रेस कार्यकर्ताले आक्रमण प्रयास गरेको हो । ‘पहिरोमा फसेको गाडी मैले नै तानेर निकाल्नु पर्छ भनेर जुलुशमा हिँडेका कांग्रेस कार्यकर्ताले निउ खोजे ।’

 

शेर्पाले भनाभनकै क्रममा स्थानीय बालकृष्ण बस्नेत नेतृत्वको कांग्रेस समूहले आफूमाथि आक्रमणको प्रयास गरी ज्यान मार्ने धम्की समेत दिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...