सडक आन्दोलन चर्काएर कांग्रेसले गर्दैछ कुर्चीतिर ध्यान , झन्डै लिएनन् मेयर निमफुञ्जोको ज्यान



हाम्रो इकोनोमि

 

प्रतिपक्ष दल नेपाली काँग्रेसले मेयरमाथि नै आक्रमणको प्रयास गरेको छ । आज सरकारविरुद्ध देशैभर विरोध प्रदर्शनका लागि सदरमुकाम हिँडेका कांग्रेस कार्यकर्ताले बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पामाथि आक्रमण प्रयास गरेका हुन् ।

 

काठमाडौंबाट बाह्रविसे जाँदै गरेका शेर्पालाई जुरेपहिरो गएको स्थानमा जुलुशमा हिँडेका कांग्रेस कार्यकर्ताले आक्रमण प्रयास गरेका हुन् ।

 

पहिरोमा फसेको गाडी पार गराउने विषयमा कांग्रेस कार्यकर्ता र मेयरबीच सामान्य भनाभन भएपछि कांग्रेस कार्यकर्ताले आक्रमण प्रयास गरेको हो । ‘पहिरोमा फसेको गाडी मैले नै तानेर निकाल्नु पर्छ भनेर जुलुशमा हिँडेका कांग्रेस कार्यकर्ताले निउ खोजे ।’

 

शेर्पाले भनाभनकै क्रममा स्थानीय बालकृष्ण बस्नेत नेतृत्वको कांग्रेस समूहले आफूमाथि आक्रमणको प्रयास गरी ज्यान मार्ने धम्की समेत दिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दलसहित संयुक्त बैठक

     प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक...

महाधिवेशन रोक्न खोजे विशेष महाधिवेशन : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी महाधिवेशन रोक्ने काम भए देशभरका...

युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...