पोखराबाट यसरी माग्यो कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसले पोखराको चिप्लेढुंगामा सरकारविरुद्ध प्रर्दशन गरेको छ । पृथ्वीचोकदेखिे विरोध र्‍याली सुर गरी चिप्लेढुंगा (विपीचोक) मा आएर कोण सभा गरेको छ ।

 

जुलुसका सहभागीले कम्युनिष्ट सर्वसत्तावाद मुर्दावाद, उखान तुक्का बन्द गर, मार्सी चामल खाएर जनता मार्न पाइदैन, मूल्य बृद्धि फिर्ता गरलगायतका नाराहरु लगाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागे । नेपाली चेलीमाथि तुच्छ आरोप लगाउने कानून मन्त्री शेरबहादुर तामाङको केसमा प्रधानमन्त्री पनि जिम्मेवार भएकाले ओलीले राजीनामा दिनुपर्ने उनको भनाई थियो ।

 

उनले वर्तमान ओली सरकार सर्वसत्ताबाद र अधिनायकबादतर्फ उन्मुख भएको आरोप लगाए । लोकतन्त्रमा प्रेस स्वतन्त्रता हुने भएपनि वर्तमान सरकार प्रेसमाथी अनुदार भएकाले अधिनायकवादविरुद्ध पत्रकारपनि लड्नुपर्ने बताए ।

 

उनले वाइड बडी विमान खरिदमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले करोडौं भ्रष्टाचार गरेको भन्दै कारबाहीको माग गरे । प्रतिनिधिसभाका सांसद सूर्यबहादुर केसीले तीनै तहको सरकारले बढाएको करले उद्योग व्यवसाय धरासायी हुने चेतावनी दिए ।

 

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले सर्वसत्तावादबिरुद्धको आन्दोलन सबै नेपाली जनताको भएपनि कांग्रेसले नेतृत्व मात्र गरेको बताए ।

 

गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले कांग्रेसको वर्तमान आन्दोलन सांकेतिक मात्रै भएको बताए । पूर्वकानूनमन्त्री तथा कांग्रेस नेता यज्ञबहादुर थापाले सरकारले माफियालाई पोस्ने र गरीब जनताको ढाड सेक्नेगरेको आरोप लगाए ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दलसहित संयुक्त बैठक

     प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक...

महाधिवेशन रोक्न खोजे विशेष महाधिवेशन : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी महाधिवेशन रोक्ने काम भए देशभरका...

युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...