रामचन्द्र पौडेलको आक्रोश– रातो झन्डा ओढेपछि सबै खत माफ , केपी ओलीलाई कारवाही किन नगर्ने  ?



 

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारका पछिल्ला कामकारवाहीप्रति तीव्र विरोध जनाएका छन् । नेपाली कांग्रेसले मंगलबार गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले सरकारको कामकारवाहीप्रति आलोचना गरेका हुन् ।

उनले रातोझन्डा ओढेपछि सबै खत माफि हुने व्यवस्था लागु गर्न लागिएको बताए ।

 

“रातो झन्डा ओढेपछि सबै खत माफ हुन्छ रु भ्रष्टाचार गरे पनि हुन्छ । बलात्कार गरे पनि जेल जानुपर्दैन । मान्छे मारे पनि हुन्छ । हिजो लुटेका सम्पत्ति पास गराउने खेल भएको छ,” पौडेलले आक्रोश व्यक्त गर्दै भने । उनले सीमित व्यक्तिलाई धनी बनाउने प्रयास भएको भन्दै सरकारको आलोचना गरे ।

 

“संघीयता, लोकतन्त्र र गणतन्त्र कार्यान्वयनतिर यो सरकार अघि बढेको छैन,” उनले भने, “अधिकार प्रधानमन्त्रीमा केन्द्रित हुँदैछ ।” उनले प्रधानन्यायाधीशलाई संसदीय सुनुवाई समितिले अनुमोदन नगरे प्रधानमन्त्री, सभामुख र न्यायपरिषदका पदाधिकारीलाई कारवाही गरिनुपर्ने बताए ।

 

“प्रधान न्यायाधीशको कुनै दोष नै छैन । उनको पदलाई अनावश्यक धरापमा पारिँदैछ,” पौडेलले भने, “सुनुवाई समितिले अहिलेसम्म किन निर्णय गर्न नसकेको रु यतिबेला आएर विद्यापिठको भएन भनेर हुन्छ रु जागिर खाँदादेखि अहिलेसम्म कसरी त्यो सर्टिफिकेट काम लाग्यो अब काम नलाग्ने भयो रु यसो गर्दा अन्याय हुँदैन ?”

 

उनले न्यायपरिषदले के आधारमा सिफारिस गरेकोे भन्दै प्रतिप्रश्न गर्दै अनुमोदन नभए प्रधानमन्त्री, सभामुख र न्यायपरिषदका पदाधिकारीलाई कारवाही गर्नुपर्ने बताए । “न्यायपरिषदले सिफारिस गर्दासम्म कसरी ठिक थियो । यदि उल्ट्याउने हो भने केपी ओली, सभामुख र न्यायपरिषदका पदाधिकारीलाई कारवाही गर्नुपर्छ । न्याय परिषद् र संवैधानिक परिषदका पदाधिकारी निस्कासित हुनुपर्छ । के हेरेर सिफारिस गरियो ?”

 

उनले सभामुख र उपसभामुख एउटै पार्टीका हुन नहुने संवैधानिक व्यवस्था भए पनि अहिले पदबाट राजीनामा दिएको भन्दै पन्छिएको बताए । उनले प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्धको नारा लगाएको भए पनि अहिले सबैभन्दा बढी भ्रष्टाचार भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति