हेटौडा बुद्धचौकमा कांग्रेसको कार्यकर्ताले कोण सभाको विरोध गरेपछि एक व्यक्तिलाई यसरी गरे राम धुलाई



हाम्रो इकोनोमि

 

सरकारको बिरोधमा नेपाली कांग्रेस मकवानपुरले आज हेटौँडमा आयोजना गरेको विरोध प्रर्दशन पछि हेटौँडाको बुद्धचौकमा भएको कोणसभाको अन्त्यमा एकाएक भीड तितरबितर भयो ।

 

भीडले एकाएक एक ब्यक्तिमाथि मुक्का बर्षाउन सुरु गर्यो । प्रहरीले जव थाहा पायो त्यतिबेलासम्म ति ब्यक्तिले राम धुलाई भेटिसकेका थिए । थि रामधुलाई भेटने ब्यक्ति थिए हेटौँडा ६ चौघडाका सन्तोष सापकोटा ।

 

कोणसभाको अन्त्यतिर कांग्रेस सभापति इन्द्रबहादुर बानीयाले बोल्ने क्रममा सापकोटाले कांग्रेसको आन्दोलन जायज नभएको भन्दै मुर्दावाद भनेपछि कार्यकर्ताहरुले उनीमाथि मुक्का वर्षाएका हुन् ।

 

उनलाई बचाउनको लागि प्रहरीलाई समेत हम्मेहम्मे परेको थियो । अन्त्यमा कांग्रेसको कार्यकर्ताहरु र्याली सम्मन्न गरेर फर्केपछि उनलाई प्रहरीले भ्यानमा राखेर हेटौँडा अस्पताल लगेका थिए ।

उनको आँखामा चोट लागेको छ भने अहिले हेटौँडा अस्पतालमा उपचार गराईरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...

पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दलसहित संयुक्त बैठक

     प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक...