संविधानको रक्षा गर्न नेपाली काँग्रेसको विरोध : नेता गच्छदार



 

नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधान रक्षा गर्न काँग्रेसले आज विरोध कार्यक्रमको आयोजना गरेको बताएका छन्।

 

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले एकलौटी ढंगले न्याय, प्रशासनीय अंगमा हस्ताक्षर गरेको आरोपसमेत लगाए। उनले संवैधानिक व्यवस्थाअनुसार संसद्मा सभामुख र उपसभामुख अलगअलग दल र बेग्लाबेग्लै लिंगको हुनुपर्ने व्यवस्थामा भएकामा अहिले एउटै पार्टीको भएकाले संविधानको उल्लंघन भएको धारणा व्यक्त गरे।

 

एक प्रश्नको जवाफमा उनले वर्तमान कामु प्रधानन्यायाधीश ३० वर्ष न्याय क्षेत्रमा काम गर्दा उनको शैक्षिक प्रमाणपत्र छानबिन नहुनु अहिले प्रमाणपत्रको छानबिन गरिनु गलत भएको बताउँदै कसैबाट पनि स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप हुनु हुँदैन बताए।

 

एक फरक प्रसंगमा नेता गच्छदारले आगामी महासमिति बैठक अगाडि मधेशी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) र काँग्रेसबीच केन्द्रदेखि वडासम्म नेता र कार्यकर्ताको समायोजन हुने बताए।

 

उनले यस सम्बन्धमा सोमबार नै काँग्रेसका सभापति शेरबहादुर देउवा र आफूबीच सहमति कायम भएको जानकारी दिए। यसैबीच, संसदीय सुनवाइ विशेष समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई सिफारिस गर्न बसेको विशेष समितिको बैठक सहमतिको आधारमा नै सारिएको बताए।

 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले बैठकमा ठोस निर्णय लिनका लागि सबै सदस्यको सहमतिका आधारमा बैठकको मिति सारिएको स्पष्ट पारे। सदस्य कार्कीले आगामी बैठकमा हुने छलफलबाट नै सार्थक निष्कर्ष लिने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति