चार वर्षिय छोराको हत्या गरि आमाले गरीन आत्महत्या, घटना बुझदै प्रहरी



हाम्रो इकोनोमि

 

कैलालीको मध्यवर्ती बर्दगोरिया गाउँपालिका—२ कुम्भीयामा एक महिलाले छोराको हत्या गरेपछि आत्महत्या गरेकी छन्। इलाका प्रहरी कार्यालय बौनियाँका अनुसार कुम्भीयाकी २१ वर्षीया सीतादेवी डगौरा थारुले साढे चार वर्षका छोरा संकेतको हत्या गरेर आत्महत्या गरेकी हुन्।

 

सोमबार अपरान्ह्र तीन बजेतिर कोठाभित्र छोरालाई पासो लगाएर झुण्डाएपछि आफू समेत झुण्डिएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । यद्यपी अनुसन्धान जारी रहेकाले अहिले नै सबै कुरा खुल्न नसकेको बताइएको छ । सीतादेवीका श्रीमान लालबहादुर डगौरा थारुले ढोका लगाएर झुण्डिएको अवस्थामा फेला पारेको बताएका छन्।

 

‘ठूलो पानी परिरहेको थियो। म गोठमा राँगालाई घाँस खुवाउँदै थिए,’ उनले भने, ‘एकछिन पछि कोठाभित्र जाँदा भित्रबाट बन्द गरेको थियो।बोलाउँदा समेत ढोका नखुलेपछि फोडेर हेर्दा भित्र छोरा र श्रीमती झुण्डिएको अवस्थामा फेला परे।’ उनीहरुको २०७० सालमा बिहे भएको थियो।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...