निर्मल निवास खाली हुँदै, यस्तो छ पूर्वराजाको तयारी



हाम्रो इकोनोमि

 

पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड जाने भएका छन् । कान्छी नातिनी कृतिकाको उच्च शिक्षा अध्ययनका लागि कलेज भर्ना गराउन उनी थाइल्यान्ड जान लागेका हुन् । उनी जेठी नातिनी पूर्णिका र कृतिकालाई लिएर बुधबार १६ गते बुधबार थाइल्यान्ड जान लागेका हुन् । उनको साथमा पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना, शाही अर्दली हस्तबहादुर मल्ल र शसस्त्रका निजी सुरक्षाकर्मी डीएसपी शिव राउत थाइल्यान्ड जान लागेका हुन् ।

 

दुई वर्षअघि थाइल्यान्डमा उच्च शिक्षा अध्ययन गर्न पुगेकी जेठी नातिनी पूर्णिकासँगै कान्छी नातिनी कृतिकाले पढ्ने इच्छा गरेपछि कान्छी नातिनीलाई भर्ना गराउन ज्ञानेन्द्र परिवार थाइल्यान्ड जान लागेका हुन् ।

 

रविभवनस्थित लिंकन स्कुलमा माध्यमिक शिक्षा सकेकी कृतिकाले दिदी पूर्णिकासँगै उच्च शिक्षा अध्ययन गर्न चाहेकाले पूर्वराजाा ज्ञानेन्द्रले दुवैलाई एउटै कलेजमा भर्ना गराउन लागेका हुन् ।

 

अध्ययनको बन्दोबस्ती मिलाउन पूर्वयुवराज्ञी हिमानी निजी सचिव स्मिता सिंहसँगै थाइल्यान्ड पुगिसकेकी छिन् । हिमानी पुत्र हृृदयेन्द्रलाई लिएर एक साताअघि थाइल्यान्ड पुगेकी हुन् । ज्ञानेन्द्रको सपरिवार थाइल्यान्ड गए पनि पूर्वयुवराज पारस नेपालमै बस्ने भएका छन् ।

 

पछिल्लो समय धर्मकर्ममा लागेका पारस साउनभर विभिन्न शिवमन्दिर दर्शन गर्न व्यस्त देखिएका छन् । पारस दर्शनका लागि खप्तड जाने तयारीमा रहेका छन् । पारसबाहेकका सपरिवार थाइल्यान्ड जाने भएपछि केही समय निर्मल निवास खाली हुने भएको छ ।

 

पूर्वराजा ज्ञानेन्द्र भदौ २ गते नेपाल फर्कने गरी थाइल्यान्ड जान लागेको निर्मल निवास स्रोतले जनाएको छ । भदौ ४ गते आमा रत्नको जन्मोत्सव मनाउने गरी ज्ञानेन्द्र, कोमल र हिमानी नेपाल फर्कन लागेका हुन् ।

 

नेपाल फर्केको केही दिनपछि पूर्वराजा ज्ञानेन्द्रको पुनः विदेश यात्रा तय हुने भएको छ । नितान्त व्यक्तिगत भ्रमणमा थाइल्यान्ड जान लागेका पूर्वराजा केही राजनीतिक भेटघाट हुन सक्ने सम्भावना रहेको छ ।

 

नेपालबाट अन्य देशको भ्रमण जाँदा विभिन्न राजनीतिक शंका उब्जने भएकाले अधिकांश समय पूर्वराजा थाइल्यान्ड हुँदै भारतलगायत अन्य मुलुक भ्रमण गर्न थालेका छन् । थाइल्यान्डमा पूर्वराजाको परिवार फ्ल्याटमा बस्ने भएको छ ।

 

उता १६ वर्ष लागेका पारस पुत्र हृदयन्द्रको जन्मोत्सव थाइल्यान्डमै मनाइएको छ । हृदयन्द्र सोमबारदेखि १६ वर्ष लागेका हुन् । पछिल्लो समय नेपालका विभिन्न स्थानमा भ्रमण गरी नेपाली जनताको मन जित्ने कोसिस गरिरहेका पूर्वराजाको अबको भ्रमण विदेशको हुने भएको छ ।

 

पछिल्लो समय देश दौहाडमा लागेका ज्ञानेन्द्रले आफू निकटका दललाई एकीकृत बनाउने तयारीमा रहेका उनी पछिल्लो समय भारतको साथ लिएर अघि बढ्ने तयारी गरिरहेका छन् । (नेपाल समाचारपत्रबाट)

प्रतिक्रिया दिनुहोस
माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...

पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दलसहित संयुक्त बैठक

     प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक...

महाधिवेशन रोक्न खोजे विशेष महाधिवेशन : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी महाधिवेशन रोक्ने काम भए देशभरका...