प्रधानन्यायाधीश सिफारिसमा सर्वसम्वत निर्णय हुन्छ : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

प्रधानन्यायाधीशमा सिफारिस दिपकराज जोशीलाई अनुमोदन गर्ने व नगर्ने भन्नेबारेमा सुनुवाई समितिले एकमतले निर्णय गर्ने तयारी गरेको छ ।

 

समितिमा रहेका नेकपाका सदस्यहरुले जोशीको शैक्षिक योग्यता शंकाको घेरामा रहेको, फैसला र अन्तरिम आदेशहरु विवादित बनेको र न्यायलय सुधारको कुनै सोच समेत नदेखिएको अवस्थामा अनुमोदन गर्नुनहुने बताएका थिए ।

 

न्यायलय सुधारका लागि सुनुवाई समितिले बोल्ड डिसिजन गर्नुपर्ने बताएका थिए । सांसद योगेश भट्टराईले सम्मानीत संस्थाको प्रमुखको विषयमा निर्णय गर्दा सर्वसम्मत गर्नु उचित हुने भन्दै अनुमोदन वा अस्वीकार गर्दै एउटा धारणा बनाएर जानुपर्ने प्रस्ताव गरेका थिए । भट्टराईले न्यायलय सुधारका लागि सबै एक हुनुपर्ने बताएका थिए ।

 

त्यसपछि छलफल गर्नका लागि नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बुधबारसम्मको समय माग गरेका थिए । बुधबार दिउँसो बैठक गर्ने मिति सर्वसम्मतिले तोकिएको छ । नेकपाकी सांसद अमृत थापा मगरले अध्यक्षले बुधबार बैठकको समय तोक्नु भएको छ ।

 

जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टाचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित्तबुझ्दो जवाफ नदिएको समितिका सदस्यहरुको भनाई छ ।

 

वैठकपछी सुुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित प्रधानन्यायाधिशका विषयमा थप छलफल गर्नु पर्ने भएकाले बैठक बुधवार सम्मका लागि स्थगीत गरिएको जानकारी दिनुुभयो ।

 

संसद नियमावली अनुसार समितिका दुइ तिहाइ सदस्यले स्वीकार वा अस्वीकार गर्नुपर्ने व्यवस्था छ । १५ सदस्य समितिमा संघीय समाजवादी फोरमको समेत गरि सरकार पक्षका १० सांसद छन् । कांग्रेस सम्बद्ध ४ र राजपा सम्बद्ध एक छन् ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दलसहित संयुक्त बैठक

     प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक...

महाधिवेशन रोक्न खोजे विशेष महाधिवेशन : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी महाधिवेशन रोक्ने काम भए देशभरका...

युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...