प्रधानन्यायाधीश सिफारिसमा सर्वसम्वत निर्णय हुन्छ : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

प्रधानन्यायाधीशमा सिफारिस दिपकराज जोशीलाई अनुमोदन गर्ने व नगर्ने भन्नेबारेमा सुनुवाई समितिले एकमतले निर्णय गर्ने तयारी गरेको छ ।

 

समितिमा रहेका नेकपाका सदस्यहरुले जोशीको शैक्षिक योग्यता शंकाको घेरामा रहेको, फैसला र अन्तरिम आदेशहरु विवादित बनेको र न्यायलय सुधारको कुनै सोच समेत नदेखिएको अवस्थामा अनुमोदन गर्नुनहुने बताएका थिए ।

 

न्यायलय सुधारका लागि सुनुवाई समितिले बोल्ड डिसिजन गर्नुपर्ने बताएका थिए । सांसद योगेश भट्टराईले सम्मानीत संस्थाको प्रमुखको विषयमा निर्णय गर्दा सर्वसम्मत गर्नु उचित हुने भन्दै अनुमोदन वा अस्वीकार गर्दै एउटा धारणा बनाएर जानुपर्ने प्रस्ताव गरेका थिए । भट्टराईले न्यायलय सुधारका लागि सबै एक हुनुपर्ने बताएका थिए ।

 

त्यसपछि छलफल गर्नका लागि नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बुधबारसम्मको समय माग गरेका थिए । बुधबार दिउँसो बैठक गर्ने मिति सर्वसम्मतिले तोकिएको छ । नेकपाकी सांसद अमृत थापा मगरले अध्यक्षले बुधबार बैठकको समय तोक्नु भएको छ ।

 

जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टाचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित्तबुझ्दो जवाफ नदिएको समितिका सदस्यहरुको भनाई छ ।

 

वैठकपछी सुुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित प्रधानन्यायाधिशका विषयमा थप छलफल गर्नु पर्ने भएकाले बैठक बुधवार सम्मका लागि स्थगीत गरिएको जानकारी दिनुुभयो ।

 

संसद नियमावली अनुसार समितिका दुइ तिहाइ सदस्यले स्वीकार वा अस्वीकार गर्नुपर्ने व्यवस्था छ । १५ सदस्य समितिमा संघीय समाजवादी फोरमको समेत गरि सरकार पक्षका १० सांसद छन् । कांग्रेस सम्बद्ध ४ र राजपा सम्बद्ध एक छन् ।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...