सिरियामा आइएसद्वारा ३६ महिलासहित बालबालिका अपहरण



हाम्रो इकोनोमि

 

सिरियाको दक्षिणी भागमा पर्ने स्वेदा प्रान्तमा इस्लामिक स्टेट्स आतङ्ककारी समूह (आइएस)ले ३६ जना महिला र बालबालिका अपहरण गरेका छन् । मानव अधिकारवादी समूहले सोमबार दिएको जानकारी अनुसार आइएसले उनीहरुलार्इ अपहरण गरेको हो ।

 

केही दिनअगाडि सोही प्रान्तमा आइएसले गरेको आत्मघाती आक्रमण र गोलाबारीले दुर्इ सय ५० भन्दा बढीको मृत्यु भएको थियो । आक्रमणमा आधाभन्दा बढी सर्वसाधारण भएका अब्जरभेटरी प्रमुख रामी अब्देल रहमानले बताए ।

 

सरकारको बलियो प्रभाव मानिने स्वेदा प्रान्तमा केही दिनदेखि आत्मघाती, गोलाबारी र अपहरण जस्ता आक्रमण भएको थियो । सिरियामा सन् २०११ को मार्च महिनादेखि सुरु भएको गृहयुद्धमा तीन लाख ५० हजारको मृत्यु भइसकेको छ । सिरियाली राष्ट्रपति बसार अल असदको राजीनामाको माग गर्दै भएको जनआन्दोलन गृहयुद्धमा परिणत भएको हो ।

 

सिरियामा विश्वका शक्ति राष्ट्रसहित विभिन्न संघसंस्थाको सहयोगले गृहयुद्धबाट ठूलो मानवीय क्षति पुगेको हो । गृहयुद्धले लाखौँ मानिस घाइते हुनाका साथै शरणार्थी बन्न बाध्य भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...