अस्पतालमै मृगौला क्यान्सरको औषधी अभाव,बिरामी आउदै फर्कदै



हाम्रो इकोनोमि

 

 

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा ‘स्युटेन’ नामक मृगौला क्यान्सरको औषधीको अभाव भएको छ। यो औषधीको अभाव भएको एक महिना भइसकेको छ।

 

आर्थिक अवस्था राम्रो भएकाहरुले स्युटेनको विकल्पमा ‘सुन्टिनेक्स’ प्रयोग गरिरहेको छन्। यो महिनामा २८ दिन प्रयोग गर्नुपर्छ। जुन निकै खर्चिलो पर्न जान्छ। एक प्याकेट छ पिस हुन्छन् र यसलार्इ २८ दिन प्रयोग गर्दा करिब एक लाख जति पर्न जान्छ।

 

स्युटेन अमेरिकन सरकारले निशुल्क उपलब्ध गराउँदै आएको थियो। अस्तपालको अंकोलोजी विभाग प्रमुख जया श्रेष्ठका अनुसार औषधीको अभाव कृतिम नभएको दाबी गरिन्। औषधी पठाउने संस्थालाई पत्राचार भईसकेको तर, त्यहाँबाट भने कुनै प्रकारको प्रतिक्रिया नआएको उनले थपिन्।

 

यो ओषधीको बेला(बेलामा अभाव भइरहन्छन तर, अहिले भने करिब एक महिनासम्म पनि अभाव कायमै रहँदै विरामीहरु मर्कामा परेका छन्।

 

मृगौला क्यान्सरको बाहेक अस्पतालमा रक्त क्यान्सरको ‘गिलिमेक’ औषधीको पनि अभाव थियो। तर, अहिले भने यसको उपलब्धता सहज भइसकेको छ। ताप्लेजुङ, दाङलगायत टाढाबाट आउने बिरामीहरू रित्तो हात फर्कन बाध्य छन्।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...