अस्पतालमै मृगौला क्यान्सरको औषधी अभाव,बिरामी आउदै फर्कदै



हाम्रो इकोनोमि

 

 

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा ‘स्युटेन’ नामक मृगौला क्यान्सरको औषधीको अभाव भएको छ। यो औषधीको अभाव भएको एक महिना भइसकेको छ।

 

आर्थिक अवस्था राम्रो भएकाहरुले स्युटेनको विकल्पमा ‘सुन्टिनेक्स’ प्रयोग गरिरहेको छन्। यो महिनामा २८ दिन प्रयोग गर्नुपर्छ। जुन निकै खर्चिलो पर्न जान्छ। एक प्याकेट छ पिस हुन्छन् र यसलार्इ २८ दिन प्रयोग गर्दा करिब एक लाख जति पर्न जान्छ।

 

स्युटेन अमेरिकन सरकारले निशुल्क उपलब्ध गराउँदै आएको थियो। अस्तपालको अंकोलोजी विभाग प्रमुख जया श्रेष्ठका अनुसार औषधीको अभाव कृतिम नभएको दाबी गरिन्। औषधी पठाउने संस्थालाई पत्राचार भईसकेको तर, त्यहाँबाट भने कुनै प्रकारको प्रतिक्रिया नआएको उनले थपिन्।

 

यो ओषधीको बेला(बेलामा अभाव भइरहन्छन तर, अहिले भने करिब एक महिनासम्म पनि अभाव कायमै रहँदै विरामीहरु मर्कामा परेका छन्।

 

मृगौला क्यान्सरको बाहेक अस्पतालमा रक्त क्यान्सरको ‘गिलिमेक’ औषधीको पनि अभाव थियो। तर, अहिले भने यसको उपलब्धता सहज भइसकेको छ। ताप्लेजुङ, दाङलगायत टाढाबाट आउने बिरामीहरू रित्तो हात फर्कन बाध्य छन्।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...